लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि युवा संयोजकमा उम्मेदवारी दिएका हेमकुमार गुरुङको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्ध उजुरी पछि मंगलबार बसेको एनआरएनए यूके निर्वाचन समिति बैठकले उमेर हद पार गरेको भन्दै युवा संयोजकका प्रत्यासी गुरुङको उम्मेदवारी खारेज गरेको हो ।
तरपनि, एनआरएनए यूके युवा संयोजकमा नवीन गुरुङ र तीर्थबहादुर मल्ल (अनिल) मैदानमा छन् ।
निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवार भाग्यनारायण रायले उम्मेदवारी फिर्ता लिएका छन् । पाँच उम्मेदवारमध्ये अझै चार उम्मेदवार दुई सचिव पदका लागि प्रतिस्पर्धामा छन् ।
दावी बिरोध परे पनि एनआरएनए यूके उपाध्यक्ष पदका प्रत्यासी सुनिल खड्का र आइसीसी सदस्य प्रत्यासी योगकुमार फगामीको उम्मेदवारी कायमै राखिएको छ । मनोनयन फिर्ताको समयसीमा मंगलबार सकिएपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रिय समन्वय समिति र राज्य समन्वय परिषद गरि कुल ७४ पदमा ११७ जनाले उम्मेदवारी दिएकामा अब ११५ मैदानमा बाँकी रहे । निर्वाचन आगामी १४ सेप्टेम्बरमा तय भएको छ । यसपटक १३ हजार ६२९ मतदाता र उम्मेदवार पनि धेरै भएकाले निर्वाचन रोचक हुने ठानिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा