लन्डन । बेलायतमा पहिलोपटक आयोजित ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता २०१९’ को उपाधि नवयुवा टिमले जितेको छ । आइतबार साउथहल लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा भएको प्रतियोगितामा च्याम्पियन बनेर नव युवाले १५ सय पाउण्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।
विजयी टिमलाई सांसद वीरेन्द्र शर्मा, दूतावासका लव सुवेदी, व्यवसायी रबिजंग लामिछाने लगायतले ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरे । क्रिकेटमा १५ सय पाउण्ड राशीको पुरस्कार सर्वाधिक भएको आयोजकको दावी छ ।
लन्डनस्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा भएको उक्त खेलमा कुल ६ टिमलाई दुई समूहमा विभाजन गरि खेलाइएको थियो । पहिलो राउण्ड रोबिन लिग आधारमा खेलाइएको थियो भने दुवै समूहबाट उत्कृष्ट हुने फाइनल प्रवेश गरेका थिए ।
समूह चरणको दुवै खेल जितेर ग्रुप एबाट फाइनलमा पुगेको थियो नव युवा । ग्रुप बीबाट तीनै टिमले एक एक खेल जितेर समान अंक भएपछि नेट रन रेटको आधारमा बिग्रेड अफ गोर्खाज टिम फाइनलमा पुगेको थियो ।
लिग चरणका खेलमध्ये समूह बी अन्तर्गत दुई ब्रिटिश आर्मीबीचको खेल रोमाञ्चक भएको थियो । अन्तिम बलमा जितको लागि दुई रन चाहिंदा खेलाडी रनआउट भएपछि ब्रिगेड अफ गोर्खाजले खेल हार्न पुगेको थियो ।
आठ ओभरको सो खेलमा ८५ रन टार्गेट पाएको ब्रिगेड अफ गोर्खाजले उक्त खेल हारेपनि उच्च रनरेटको आधारमा फाइनलमा प्रवेश पाएको हो । लिग चरणका खेलहरुमा औसतमा ७५ रन बनेपनि फाइनलमा भने दुवै प्रतिद्वन्द्वी दवावमा देखिन्थे । टस जिती पहिलो ब्याटिङ गरेको ब्रिगड अफ गोर्खाजले चार विकेटको क्षतिमा जम्मा ५० रन बनाउन सफल भएको थियो । उक्त लक्ष्यलाई पछयाउंदै नव युवा क्रिकेट क्लवले ११ बल बांकी रहंदा तीन विकेटको क्षतिमा विजय हासिल गर्दै उपाधि जित्न सफल भयो ।
प्रतिगोगितामा उत्कृष्ट खेलाडी बने नव युवाका सुमन श्रेष्ठ । उनले लिग चरणका दुईवटा खेलमा म्यान अफ द म्याच र फाइनलमा पनि म्यान अफ द म्याच उपाधि जिते । प्रतियोतिाभरिनै अल राउण्ड प्रदर्शन गरेका उनले खेलेका तीनै खेलमा नट आउंदै रहंदै कुल ८३ रनको योगदान दिएका थिए । साथै बलिङतर्फ पनि उनले तीन विकेट लिए ।
विजयी टिम नव युवाका क्याप्टेन गम गुरुङले आफूहरुले यस्तो प्रतियोगिता पहिले पनि खेलेकाले रणनीति तय गर्न सहज भएको र जितका लागि महत्वपूर्ण बनेको बताए ।
खेल सञ्चालन इंग्ल्याण्ड क्रिकेट बोर्डबाट मान्यता प्राप्त दुई अम्पायरद्वारा सञ्चालन गरिएको थियो । बिहान शुरु खेल उद्घाटन नेपालका पूर्व राष्ट्रिय खेलाडीहरु सुरज कार्की, सुरेश वैद्य, सिद्धार्थविक्रम क्षेत्री लगायतले गरेका थिए ।
खेल योजना तय र तयारीमा जुटेका टुर्नामेन्ट निर्देशक विनोदविकास सिम्खडाले आफूहरुको पहिलो प्रयास सफल भएको बताए । इभेन्ट निर्देशक सुनिल थापाले खेलाडीलाई बधाइ दिंदै बेलायतमा रहेका युवालाई प्रोत्साहन गर्न प्रतियोगिता गरिएको जनाए । उनले आगामी वर्ष प्रतियोगिता अझ परिस्कृत र भव्य बनाइने अठोट पनि व्यक्त गरेका छन् ।
प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गरेका थिए । सो अवसरमा खाना स्टल, डिजे, बाउन्सी क्यासल आदिमा दर्शक रमाएका देखिन्थे ।
प्रतियोगितामा सफल बनाउन टिम डिरेक्टर विक्रम गुरुङ, अपरेसन निर्देशक अभिषेक भट्टराई लगायत स्वयंसेवकहरुको महत्वपूर्ण योगदान थियो । आयोजकले साना ठूला सबै २१ प्रायोजकहरुप्रति आभार व्यक्त गरेका छन् ।
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा