लिस्बन-विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलको राजधानी लिस्बनमा शनिबार बृहत शोभा यात्रा र सभा सम्पन्न भयो । नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्थाहरूको सकृयतामा जेठ ४ गते कार्यक्रम भएको हो ।
भगवान गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचार-प्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्देश्यकासाथ बिदेशी भूमिमा बिशेष कार्यक्रमसहित बुद्ध जयन्ती मनाइएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
बिदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन, बिश्वमाझ नेपाललाई चिनाउन र ‘भिजिट नेपाल-२०२०’ लाई अझ बढी प्रचारप्रसार गर्न बिगत बर्षहरुमा जस्तै यसपटक पनि बिशेष कार्यक्रमकासाथ बुद्ध जयन्ती मनाइएको मूल समारोह समितिका सह-संयोजक एवं पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले प्रतिक्रिया दिए ।
लिस्बनको रोसियोस्थित काजा दि लाफोइसको हलमा मध्याह्न १२ बजेदेखि बुद्धको पूजा र आराधना गर्दै सुरु भएको कार्यक्रम दिनको ३.३० बजे शहरको मूख्य पर्यटकीय केन्द्र रोसियोस्थित समुन्द्र किनारबाट बृहत शोभायात्रामा परिणत भएको थियो ।
बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा, नेपाली बाजागाजा र सांस्कृतिक झाँकीसहित राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै मार्तिमुनिज पार्कमा आएर शोभायात्रा सम्पन्न भएको थियो ।
शोभायात्रा सुरु हुनु अगाडि बौद्ध धर्मगुरुहरुद्धारा भगवान गौतम बुद्धको शान्ति सन्देश, बुद्धवाणी, ज्ञान, दर्शन र उपदेशका बिषयमा प्रबचन दिइएको थियो ।
शोभायात्रा समापनको संक्षिप्त सभामा बाणिज्यदूत मकरबहादुर हमाल, पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्की, आदिवासी जनजाति महासंघ पोर्चुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
शोभायात्रा र सभामा पोर्चुगलमा रहेका विभिन्न नेपाली संघ- संस्थाका प्रतिनिधि र सर्वसाधारण नेपालीको बाक्लो उपस्थिति थियो ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी