काबुल, अफगानिस्तान, १७ चैत – अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ ।
दशकौँदेखि विभिन्न सशस्त्र समूहको सामना गर्दै आएको एशियाली मुलुकमा बेरोजगार दर पनि उच्च रहेको जनाइएको छ ।
इस्लामिक गणतन्त्र अफगानिस्तानले पहिलो बहुरूपी गरिबी सूचक (ए–एमपिआई) का अनुसार अफगानिस्तानको जनसङ्ख्याको ५१.७ प्रतिशत जनता बहुरूपीय अवस्थामा गरिब रेहेका पाइएको छ । स्वास्थ्य, शिक्षा, जीवन शैली, रोजगारीबाट बञ्चित रहेका र यहाँको राष्ट्रिय उत्पादन, आम्दानी र सुरक्षाले नकारात्मकताको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।
गरिबीको तह सबैभन्दा कम राजधानी काबुलमा १२ प्रतिशत रहेको र विद्रोहीको प्रभाव रहेको द्वन्द्वग्रस्त क्षेत्र बाघिस प्रान्तमा ८१ प्रतिशत रहेको छ ।
“बहुरूपी सूचकाङ्कले यहाँको मोद्रिक गरिबीको मापदण्ड र जीवनका विभिन्न आयाममा उनीहरूले सामना गर्दै आएको अभावलाई देखाइएको छ,” राष्ट्रिय तथ्याङ्क तथा सूचना निकायका महानिर्देशक अहमद जावेद रसुलीले बताउनुभयो ।
आइतबार सार्वजनिक यो तथ्याङ्कले अफगानिस्तानको गरिबीको अवस्थामात्र प्रस्तुत गर्ने नभई गरिबी नियन्त्रण नीति विकास गर्नसमेत उपयुक्त साधन बन्ने अधिकारीको भनाई रहेको छ ।
विज्ञप्ति अनुसार, अफगानिस्तानका बहुरूपी गरिबीको रेखामा रहेका नागरिकमध्ये ५८ प्रतिशत जनता १८ बर्षमूनिका बालबालिका रहेका छन् । तथ्याङ्क अनुसार हरेक १० बहुरूपी गरिबमध्ये झण्डै ६ जनामा गरिबीको चरम प्रभाव रहेको बताइएको छ ।
यहाँको ग्रामिण क्षेत्रमा बहुरूपी गरिबीको अवस्था शहरी क्षेत्रको तुलनामा तीन गुणा बढी रहेको र घुमन्ते(कुची) जनसङ्ख्यामा चरम गरिबीको अवस्था सबैभन्दा बढी रहेको पाइएको छ । उनीहरू प्राय घुमेर बस्ने हुँदा उनीहरूले शिक्षा, स्वास्थ्य र बासलगाण्तका अन्य अधारभूत सुबिधासम्म पनि पाउनलाई कठिन हुनेगरेको छ ।
अफगानिस्तानको बालबालिकामा गरिबीको अवस्था निर्धारण गर्ने एक महत्वपूर्ण कारकलाई उनीहरूको शिक्षाको अवस्था रहेको पनि अध्ययनले देखाएको छ ।
पछिल्लो बर्षहरूमा अफगानिस्तानको अर्थतन्त्र र सुरक्षाको अवस्थामा अनपेक्षित समस्या देखिएपछि उक्त सूचना बाहिर ल्याइएको हो ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी