सिओल, १७ चैत – स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ ।
करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङयाङले आक्रमणबारे अनुसन्धानको माग गरेको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो (एफबीआई) सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको उसले बताएको छ ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी “कुटनीतिक नियोगमा अवैध प्रबेश र कब्जा राज्यको सार्वभौमसत्तामाथिको प्रहार र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको भन्दै यस्तो घटना असह्य भएको जनाएको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हनोइमा भएको सम्मेलनभन्दा पाँच दिन पहिले गरिएको उक्त आक्रमणमा एक समूहले राजदूताबासमा प्रबेश गरी तोडफोड गरी दूताबासकै गाडीहरू प्रयोग गरी पछाडीको गेटबाट भागेका थिए ।
उत्तर कोरियाले घटनामा संलग्न मुख्य सन्दिग्धहरूको नाममा कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी भएका छन् । स्पेनका अधिकारीहरूका अनुसार एड्रिअन हङ चाङ नामक समूहका एक व्यक्ति व्यापार मामिला हेर्ने उत्तर कोरियाली सहचारीलाई भेट्ने बहानामा दूतावास प्रवेश गरेका थिए ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल