सिओल, १७ चैत – स्पेनको राजधानी म्याड्रिडस्थित आफ्नो दूतावासमा गत महिना भएको घटनालाई उत्तर कोरियाले ‘गम्भीर आतङ्कवादी आक्रमण’ भएको जनाएको छ ।
करिब एक महिना पहिले भएको घटनाबारे पहिलो पटक टिप्पणी गर्दै प्योङयाङले आक्रमणबारे अनुसन्धानको माग गरेको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो (एफबीआई) सो घटनामा संलग्न रहेको भन्ने चर्चालाई पनि आफूले नजिकैबाट नियालेको उसले बताएको छ ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी “कुटनीतिक नियोगमा अवैध प्रबेश र कब्जा राज्यको सार्वभौमसत्तामाथिको प्रहार र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको भन्दै यस्तो घटना असह्य भएको जनाएको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हनोइमा भएको सम्मेलनभन्दा पाँच दिन पहिले गरिएको उक्त आक्रमणमा एक समूहले राजदूताबासमा प्रबेश गरी तोडफोड गरी दूताबासकै गाडीहरू प्रयोग गरी पछाडीको गेटबाट भागेका थिए ।
उत्तर कोरियाले घटनामा संलग्न मुख्य सन्दिग्धहरूको नाममा कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी भएका छन् । स्पेनका अधिकारीहरूका अनुसार एड्रिअन हङ चाङ नामक समूहका एक व्यक्ति व्यापार मामिला हेर्ने उत्तर कोरियाली सहचारीलाई भेट्ने बहानामा दूतावास प्रवेश गरेका थिए ।
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर