लन्डन । धारा ५० खारेज गरि ब्रेक्जिट रद्द गर्न माग गर्दै शुरु गरिएको ‘इ पिटिसन’ संख्या ५७ लाख बढि पार गरेको छ । यसपटक यूके इतिहासमै सबैभन्दा बढि हस्ताक्षर संकलन भएको हो । उक्त हस्ताक्षर एकजना अवकासप्राप्त लेक्चरर ७७ वर्षीया मार्गरेट जोर्जीयाडुले शुरु गरेकी थिइन् ।
अब सरकारले यस विषय संसदमा वहसका लागि लैजाने बताएको छ । अप्रिल १ तारिख सोमबार ब्रेक्जिट रद्द विषय सांसदहरुमाझ पुग्ने बीबीसीले जनाएको छ । त्यसै दिन ब्रेक्जिटसंग सम्बन्धित अरु दुई मुद्दामा पनि वहस हुनेछ । एक लाख हस्ताक्षर पुगे कुनै पनि मुद्दा संसदमा वहसका लागि लैजाने प्रावधान छ ।
उक्त दिन एकलाख २० हजार हस्ताक्षर पुगेको ‘इयूबारे दोश्रो जनमत संग्रह विषय’ र एक लाख ४० हजार हस्ताक्षर पुगेको ‘सम्झौता वा बिना सम्झौता २९ मार्चमै बेलायत इयूबाट अलग्गिनुपर्ने’ विषयले पनि प्रवेश पाउने भएको छ । तर, सरकारले धारा ५० खारेज गरि ब्रेक्जिट रद्द मतदाताहरुका लागि धोका हुने स्पष्ट पारेको छ ।
बेलायत इयूबाट यही २९ मार्च शुक्रबार अलग्गिने तय भएको थियो तर इयूले प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डिल पारित गर्ने वा अर्को कदम चाल्न बेलायतलाई थप समय दिएको छ । प्रधानमन्त्री मेको ब्रेक्जिट डिल बेलायती संसदले पारित गरे बेलायत २२ मेमा डिलसहित बाहिरिनेछ भने सम्झौता पारित नभए नयां प्रस्तावका लागि १२ अप्रिलसम्म समयसीमा दिइएको छ । तर, प्रधानमन्त्री मेको प्रस्ताव यसअघि संसदले दुई पटक अस्वीकृत गरिसकेको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने