वेलिङटन, ४ चैत – न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राख्नुभएको छ ।
बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमती भएको एर्डेनले मन्त्रिपरिषदको बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताउनु भएको छ ।
यद्यपी यस कानूनमा के कस्तो सुधार गरिने हो भन्ने बारेमा भने उहाँले विस्तृत जानकारी दिनु भएको छैन ।
गत शुक्रबार मात्र न्युजिल्याण्डमा क्राइस्टचर्चमा भएको आतङ्ककारी हमलाबाट ५० जना व्यक्तिको ज्यान गएपछि बन्दुकसम्बन्धी कानूनलाई सक्दो छिटो सुधार गर्ने बताउनु भएको हो ।
क्राइस्टचर्चमा भएको आतङ्ककारी आक्रमणको पनि अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ ।
यस भीषण आक्रमणमा परी थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्चलगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी