वेलिङटन, ४ चैत – न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राख्नुभएको छ ।
बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमती भएको एर्डेनले मन्त्रिपरिषदको बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताउनु भएको छ ।
यद्यपी यस कानूनमा के कस्तो सुधार गरिने हो भन्ने बारेमा भने उहाँले विस्तृत जानकारी दिनु भएको छैन ।
गत शुक्रबार मात्र न्युजिल्याण्डमा क्राइस्टचर्चमा भएको आतङ्ककारी हमलाबाट ५० जना व्यक्तिको ज्यान गएपछि बन्दुकसम्बन्धी कानूनलाई सक्दो छिटो सुधार गर्ने बताउनु भएको हो ।
क्राइस्टचर्चमा भएको आतङ्ककारी आक्रमणको पनि अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ ।
यस भीषण आक्रमणमा परी थप ५० जना घाइते भएका थिए । सो आक्रमणपछि न्युजिल्याण्डमा पनि चर्चलगायतका विभिन्न धार्मिक समूहको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित