काठमाडौं। नामिबियामा जारी आइसिसि डिभिजन टु लिग क्रिकेटमा युगान्डाले नेपाल सामु १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको युगान्डा निर्धारित ५० ओभरको खेलमा एक बल बाँकी छँदै १ सय ४६ रनमा अल आउट भएको छ। नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरेका थिए।
९ ओभर बलिङ गरेका उनले १३ रन खर्चेर तीन विकेट लिए। त्यसमा तीन ओभर मेडर थियो। १० ओभर चौथो बलमा खड्काले युगान्डाका ओपरन रोजर मुसाकालाई आउट गर्दै नेपालका लागि पहिलो विकेट लिएका थिए। त्यसैगरी बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै २ मेडर राखेर १० रन दिएर २ विकेट लिए भने सोमपाल कामीले ९ ओभर ५ बल बलिङ गर्दै ३१ रन दिएर दुई विकेट लिए। शक्ति गौचनले एक एक विकेट लिए। युगान्डाका दुई खेलाडी रन आउट भए। युगान्डाका लागि ब्रायन मासाबाले सबैभन्दा बढी ४३ रन बनाएका थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा