लण्डन – महारानी एलिजावेथ द्वित्तीयले सबै बेलायती एक भएर ‘साझा विन्दुको खोजी गर्न’ आग्रह गर्नुभएको छ ।
महारानीले आफू राजकुमारी नै रहेका समय सन् १९४३ मा सम्लग्न एक संस्था (विमिन इन्स्टिच्युट)का सदस्यहरू सहभागी कार्यक्रमलाई सम्बोधन गर्न इङ्ल्याण्ड नजिकै रहेको सान्ड्रिङघमा बिहीबार राति उक्त धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “पक्कैपनि हरेक पुस्ताले नयाँ चुनौति र अवसरको सामना गर्छ ।नयाँ युगमा यसको नयाँ सम्भावनाहरूको खोजीगरिरहेका हामीबीच मैले अनुभुत र परीक्षण भएका नियम खोज्नुपर्ने विकल्पको खोजी गर्नुपर्ने देख्छु, जसले फरक फरक विचारलाई आपसमा सम्मान गर्नसक्छ, आवाज राख्न सक्छ, र एकसाथ साझा विन्दुको खोजी गर्ने र ठूलो तस्वीरको दृष्यका लागि नजरलाई नै गुमाउने छैनौ ।”
उहाँले भन्नुभयो, “मेरा लागि यी धारणाहरू असामयिक बनेका छन् र म यि कुरालाई सबैसमक्ष सिफारिस गर्छु ।”
महारानीको उक्त आग्रहलाई ब्रेक्जिटले ल्याएको व्यापक विभाजन कम गर्न उहाँबाट उक्त सुझाव आएको अनुमान विश्लेषकहरूले गरेका छन् ।
प्रधानमन्त्री टेरेजा मे सरकारका मन्त्रीहरूले तत्कालै ९२ बर्षीया महारानीको आशय ब्रेक्जिट सम्बन्धमा देखिएका दुःखद विभाजनलाई साम्य पारेर अघि बढ्न गरिएको अनुरोध भएको भनी अर्थ्याएका छन् ।
बहिर्गमन समयसीमा जम्मा दुई महिना रहँदा बेलायतले ब्रेक्जिटपछिको वातावरण सम्बन्धमा कुनै ठोस निष्कर्ष निकाल्न नसकिरहेका समय केही सांसदहरूले महारानीको भूमिकाबाट यसलाई सहज पार्न आग्रह गरिरहेका समय उहाँको यो भनाई आएको हो ।
“मलाई लाग्छ महारानीको सन्देशमा व्यापक ज्ञानका कुरा छन्,” बेलायती अर्थमन्त्री फिलिप ह्यामण्डले बीबीसी रेडियोसँगको कुराकानीमा बताउनुभयो ।
“शताव्दिऔँदेखिको हाम्रो असाधारण शक्तिका कारण हामीले राष्ट्रिय एकताका लागि विकल्पहरू दिन सकेका छौँ,” ह्यामण्डले थप्नुभयो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न