लण्डन । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविता कृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । एक दशकअघि ‘रुङ्ग्रीको बयान र नदी किनारा’ नामक पहिलो कविता कृतिबाटै आफ्नो पहिचान स्थापित गरिसकेका कवि खेरेसको ‘कोलम्बस यात्रा’को नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाली वाङ्मय परिषद्, नेपाल र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरे ।
उक्त समारोहमा काइँलाले मूलधारको नेपाली साहित्यले डायास्पोराको साहित्यलाई स्वीकार नगरेको भन्दै अब डायास्पोरिक साहित्यलाई स्वीकार नगरी धर नपाइने बताए । कविहरू स्वभावैले युद्धविरोधी हुने उल्लेख गर्दै उनले युद्धको कविता लेख्नु भनेको युद्धको अन्त्यको चाहना राख्नुभएको जिकिर गरे । उनले भने, ‘कवि खेरेसका कविताहरू निकै सशक्त छन् ।’
कार्यक्रममा कवि जसराज किराती, श्रवण मुकारुङ र सुरेश हाँचेकालीले बोलेका थिए । उनीहरूले कवि खेरेसका कविताले देश, समाज, संस्कृति र डायास्पोराका विषयलाई लिएर खेरेसले रचेका कविताहरू अब्बल रहेको दाबी गरे । कार्यक्रममा कवि खेरेसले कवितालेखन अनुभूतिबारे बोलेका थिए ।
नेपाली प्रतिभा पतिष्ठान, बेलायतद्वारा प्रकाशित ‘कोलम्बस यात्रा’भित्र ‘मेरा कविताहरू’, ‘एक निर्वासित बकपत्र’, ‘एभन नदी बग्न चाहन्छु’, ‘मलाई परदेशी नभन्नू’ लगायत ३१ वटा कविता समाविष्ट छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार