लण्डन । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविता कृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । एक दशकअघि ‘रुङ्ग्रीको बयान र नदी किनारा’ नामक पहिलो कविता कृतिबाटै आफ्नो पहिचान स्थापित गरिसकेका कवि खेरेसको ‘कोलम्बस यात्रा’को नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाली वाङ्मय परिषद्, नेपाल र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरे ।
उक्त समारोहमा काइँलाले मूलधारको नेपाली साहित्यले डायास्पोराको साहित्यलाई स्वीकार नगरेको भन्दै अब डायास्पोरिक साहित्यलाई स्वीकार नगरी धर नपाइने बताए । कविहरू स्वभावैले युद्धविरोधी हुने उल्लेख गर्दै उनले युद्धको कविता लेख्नु भनेको युद्धको अन्त्यको चाहना राख्नुभएको जिकिर गरे । उनले भने, ‘कवि खेरेसका कविताहरू निकै सशक्त छन् ।’
कार्यक्रममा कवि जसराज किराती, श्रवण मुकारुङ र सुरेश हाँचेकालीले बोलेका थिए । उनीहरूले कवि खेरेसका कविताले देश, समाज, संस्कृति र डायास्पोराका विषयलाई लिएर खेरेसले रचेका कविताहरू अब्बल रहेको दाबी गरे । कार्यक्रममा कवि खेरेसले कवितालेखन अनुभूतिबारे बोलेका थिए ।
नेपाली प्रतिभा पतिष्ठान, बेलायतद्वारा प्रकाशित ‘कोलम्बस यात्रा’भित्र ‘मेरा कविताहरू’, ‘एक निर्वासित बकपत्र’, ‘एभन नदी बग्न चाहन्छु’, ‘मलाई परदेशी नभन्नू’ लगायत ३१ वटा कविता समाविष्ट छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे