लन्डन । लन्डनस्थित एकजना समाजसेवी तथा एनआरएन अभियन्ता कृष्ण तिमिल्सेनाले धादिङको विद्यालय पुनर्निर्माणमा १३ लाख ६० हजार रुपैयां प्रदान गरेका छन् ।
तिमिल्सिनाले धादिङ निलकण्ठ नगरपालिका- १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि उक्त सहयोग गरेका हुन् ।
भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि विद्यार्थी चौरमा पढ्न वाध्य थिए । केही समय अघि एक कार्यक्रमबीच चेक हस्तान्तरण भएपछि विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले तिमिल्सेनाको सहयोगप्रति आभार व्यक्त गर्दै वालवालिकाको सुन्दर भविष्यमा नयां आशा थपिएको बताए ।
तिमिल्सेनाले आफूले क, ख सिकेको विद्यालयलाई त्यति रकम सहयोग गर्न पाउंदा गर्व लागेको बताए । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका- १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयां प्रदान गरेका थिए । उनले यस बाहेक पनि नेपालमा वृद्धाश्रम, मन्दिर निर्माण देखि अन्य विभिन्न मानवीय कार्यमा कयौँ पटक सहयोग गरेका थिए ।
करिब डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सेना नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् । हाल
उनी एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा छन् ।
सेफ पृष्ठभूमिबाट करियर् सुरु गरेका उनी क्रियाशिल नभएको क्षेत्र केही छैन् । एक दसक देखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउंदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी पनि छ ।
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा