लण्डन । झापाको दमकमा स्थापना गरिएको रत्न वृद्धाश्रमको सहयोगार्थ पश्चिम लण्डनमा आयोजित एउटा कार्यक्रममा चर्चित नेपाली हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडाले बेलायतवासी नेपालीहरुलाई पेट मिचीमिची हँसाएका छन् ।
शनिबार स्थानीय अल्पर्टन स्कुलमा आयोजित एक कार्यक्रममा सिंखडाले गणतन्त्र नेपालका विकृतिहरु, नेपालीहरुको अल्छी प्रवृत्ति र एनआरएनको कार्यशैलीप्रति कडा व्यंग्य गरे ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समाज नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा सघाउन सक्षम छ भन्ने पटक पटक चरितार्थ भएको जनाए । उनले नेपाली कला, साहित्यका साथै नेपाली, नेपाली बीचको एकता, सहकार्य, सद्भावना र सहिष्णुतालाई प्रबर्द्धन गर्न शैलेन्द्र सिंखडाजस्ता कलाकारहरुले मानार्थ राजदूतको भूमिका निर्वाह गरिरहेको भन्दै त्यसको प्रशंसा पनि गरे । उनले आफ्नो गृह जिल्ला झापाका वृद्धवृद्धालाई रत्न आश्रमले पुराइरहेको सेवाको प्रशंसा गरे ।
सो अवसरमा राजदूत सुवेदीले नेपालको प्रदेश नं एकको योजना आयोगको सदस्यमा मनोनित भएका पूर्ण लक्समलाई बधाइ पनि दिएका थिए ।
नेपालमा धुर्मुस सुन्तलीको काम वस्ती बसाउने, देशका प्रधानमन्त्रीको काम चाहिं जनता हँसाउने भन्दै कलाकार शैलेन्द्र सिंखडाले सबै नेपालीको मन भित्र नेपालको माया अटाउनु पर्ने बताए । “बारीको काउली खाए पो बारीको माया लाग्छ, पारीको काउली खाएपछि पारीकै माया लाग्छ” भन्दै उनले नेपाललाई दुई ढुंगाबीचको तरुल हैन, दुई सर्पबीचको गरुड बनाउन आह्वान गरेका थिए ।
उनले एनआरएनको विशेषता खादा, माला र आसन ग्रहण भन्दै व्यंग्य कसेका थिए। महाभारतमा भगवान श्रीकृष्ण र अर्जुनबीच संवादको शैलीमा व्यंग्य कविताहरु सुनाउँदै उनले सकारात्मक सन्देशहरु पनि दिए ।
रत्न आश्रम सहयोग समिति युकेकी सहकोषाध्यक्ष इन्जीनियर पारिका आलेले अहिले आश्रममा आठजना वृद्धवृद्धाहरुको रेखदेख भैरहेको बताउँदै त्यसको सन्चालनमा सघाउने सबैलाई धन्यवाद दिएकी थिइन् । उनले स्वर्गीय रत्नबहादुर सुनुवार तथा रत्नमाया सुनुवारको नामबाट खोलिएको आश्रमलाई श्रीमती मन सुनुवार तथा परिवारले निशुल्क जग्गालगायत अन्य सहयोग गरेको बताइन् ।
कार्यक्रममा पारिका आले, रश्मी गौतम, प्रशंसा कँडेल, मिसेज युके नेपाल २०१८ बिनु लामिछाने, रिया लामिछाने लगायतका कलाकारले विभिन्न चर्चित गीतमा रोचक नृत्य प्रस्तुत गरेका थिए ।
रामशरण सिंखडा, प्रसुना कँडेल र कृष्ण भट्टले सन्चालन गरेको कार्यक्रममा बासु लामिछानेले कार्यक्रम सफल बनाउन सघाउने डा. भरत सिंखडा, मधुसुदन थापा, समाजसेवी भगवानजी चौहान लगायत सबै सहभागी र कलाकारहरुलाई धन्यवाद दिएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा