लण्डन । झापाको दमकमा स्थापना गरिएको रत्न वृद्धाश्रमको सहयोगार्थ पश्चिम लण्डनमा आयोजित एउटा कार्यक्रममा चर्चित नेपाली हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडाले बेलायतवासी नेपालीहरुलाई पेट मिचीमिची हँसाएका छन् ।
शनिबार स्थानीय अल्पर्टन स्कुलमा आयोजित एक कार्यक्रममा सिंखडाले गणतन्त्र नेपालका विकृतिहरु, नेपालीहरुको अल्छी प्रवृत्ति र एनआरएनको कार्यशैलीप्रति कडा व्यंग्य गरे ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेको नेपाली समाज नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा सघाउन सक्षम छ भन्ने पटक पटक चरितार्थ भएको जनाए । उनले नेपाली कला, साहित्यका साथै नेपाली, नेपाली बीचको एकता, सहकार्य, सद्भावना र सहिष्णुतालाई प्रबर्द्धन गर्न शैलेन्द्र सिंखडाजस्ता कलाकारहरुले मानार्थ राजदूतको भूमिका निर्वाह गरिरहेको भन्दै त्यसको प्रशंसा पनि गरे । उनले आफ्नो गृह जिल्ला झापाका वृद्धवृद्धालाई रत्न आश्रमले पुराइरहेको सेवाको प्रशंसा गरे ।
सो अवसरमा राजदूत सुवेदीले नेपालको प्रदेश नं एकको योजना आयोगको सदस्यमा मनोनित भएका पूर्ण लक्समलाई बधाइ पनि दिएका थिए ।
नेपालमा धुर्मुस सुन्तलीको काम वस्ती बसाउने, देशका प्रधानमन्त्रीको काम चाहिं जनता हँसाउने भन्दै कलाकार शैलेन्द्र सिंखडाले सबै नेपालीको मन भित्र नेपालको माया अटाउनु पर्ने बताए । “बारीको काउली खाए पो बारीको माया लाग्छ, पारीको काउली खाएपछि पारीकै माया लाग्छ” भन्दै उनले नेपाललाई दुई ढुंगाबीचको तरुल हैन, दुई सर्पबीचको गरुड बनाउन आह्वान गरेका थिए ।
उनले एनआरएनको विशेषता खादा, माला र आसन ग्रहण भन्दै व्यंग्य कसेका थिए। महाभारतमा भगवान श्रीकृष्ण र अर्जुनबीच संवादको शैलीमा व्यंग्य कविताहरु सुनाउँदै उनले सकारात्मक सन्देशहरु पनि दिए ।
रत्न आश्रम सहयोग समिति युकेकी सहकोषाध्यक्ष इन्जीनियर पारिका आलेले अहिले आश्रममा आठजना वृद्धवृद्धाहरुको रेखदेख भैरहेको बताउँदै त्यसको सन्चालनमा सघाउने सबैलाई धन्यवाद दिएकी थिइन् । उनले स्वर्गीय रत्नबहादुर सुनुवार तथा रत्नमाया सुनुवारको नामबाट खोलिएको आश्रमलाई श्रीमती मन सुनुवार तथा परिवारले निशुल्क जग्गालगायत अन्य सहयोग गरेको बताइन् ।
कार्यक्रममा पारिका आले, रश्मी गौतम, प्रशंसा कँडेल, मिसेज युके नेपाल २०१८ बिनु लामिछाने, रिया लामिछाने लगायतका कलाकारले विभिन्न चर्चित गीतमा रोचक नृत्य प्रस्तुत गरेका थिए ।
रामशरण सिंखडा, प्रसुना कँडेल र कृष्ण भट्टले सन्चालन गरेको कार्यक्रममा बासु लामिछानेले कार्यक्रम सफल बनाउन सघाउने डा. भरत सिंखडा, मधुसुदन थापा, समाजसेवी भगवानजी चौहान लगायत सबै सहभागी र कलाकारहरुलाई धन्यवाद दिएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]