लन्डन । लन्डनका सफल व्यवसायी तथा समाजसेवी मिलन भट्टराईले भरतपुर चितवनमा निर्माणाधिन चितवन प्रदर्शनी केन्द्रका लागि ५ लाख रुपैयां प्रदान गरेका छन् । चितवन उद्योग संघले गत आइतबार आफ्नै सभाहलमा गरेको कार्यक्रममा भट्टराईले उक्त सहयोग प्रदान गरेका हुन् ।
संघले भट्टराईलाई कार्यक्रममा भव्य स्वागत गर्दै सहयोगका लागि आभार व्यक्त गरेको थियो ।
चितवन उद्योग संघले सरकारबाट १५ करोड रुपैयां सहयोग लिइ करिब ५० करोड रुपैयां लागतमा एक प्रदर्शनी केन्द्र बनाइरहेको छ ।
भरतपुर चितवन स्थायी घर भएका भट्टराईले यसअघि भूकम्पका बेला गृहजिल्लामा च्यारिटी डिनर र व्यक्तिगत गरि ५१ लाख रुपैयां प्रदान गरेका थिए ।
भट्टराईको लन्डनमा एभरेष्ट स्पाइस रेष्टुरेन्टका ६ वटा ‘आउटलेट’ छन् । लन्डनको पोस एरिया मानिने स्ट्यानमोर हिलमा सभाकक्ष समेत गरि करिब ५ सय सिट क्षमताको ‘एभरेष्ट एबरकोर्न’ खुबै चल्ने मध्ये एक रेष्टुरेन्ट हो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ