
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) वेल्स राज्य समन्वय परिषदले गत २ सेप्टेम्बर आइतबार कार्डिफमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । परिषद गठन भएयता वेल्स गोर्खा कम्युनिटीको सहकार्यमा पहिलो वृहत कार्यक्रम भएको हो ।
कार्यक्रममा एनआरएनए यूकेका महासचिव आर के त्रिपाठी प्रमुख अतिथी थिए । परिषदका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वेल्सवासी नेपालीको उत्साहजनक उपस्थिति थियो । विभिन्न राष्ट्रिय मुद्दा र नेपालीका समस्यामा केन्द्रित अन्तरक्रिया फलदायी भएको सहभागीले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके महासचिव त्रिपाठीले संघ बेलायतभर फैलन सफल भएको बताउंदै केन्द्रले बेलायतका विभिन्न राज्यमा संगठन विस्तार गरि नेपालीको हितका लागि हातेमालो गर्दै आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । महासचिव त्रिपाठीले बेलायतस्थित नेपालीका साझा समस्या समाधानमा सबैको साथ आवश्यक हुने औंल्याउंदै नागरिकता निरन्तरताको अभियान सफल पार्न संघको प्रयास निरन्तर जारी रहने बताए ।
वेल्स गोर्खा कम्युनिटीका अध्यक्ष सुवर्ण लिम्बुले यस्तो खालको कार्यक्रम आयोजना गरेकामा परिषदलाई धन्यवाद दिए ।
अन्तरक्रिया कार्यक्रममा अधिवक्ता गोबिन्द बेल्बासेले नेपालको वर्तमान संविधानमा गैर आवासीय नेपाली नागरिकता प्रावधानबारे ब्याख्या गर्दै त्यसले पार्न सक्ने व्यवधानप्रति टिप्पणी गरे । बेल्बासेले नेपाली नागरिकता निरन्तरता आन्दोलनमा सबै गैर आवासीय नेपालीले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष रामचन्द्र पोखरेलले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै उत्साहजनक उपस्थिति जनाएकामा सबैप्रति आभार व्यक्त गरे । पोखरेलले ढिलै भएपनि वेल्समा गैर आवासीय नेपाली संघ स्थापना हुनु गौरवको कुरा भएको बताउंदै परिषद नेपालीहरुको हितका लागि कटिवद्ध रहेको आश्वासन पनि दिए ।
वेल्स गोर्खा कम्युनिटीका सचिव मनप्रसाद चेम्जोङले सञ्चालन गरेको उक्त कार्यक्रम सफल बनाउन परिषदका खिम क्षेत्री, निरलाल मोक्तान, प्रकाश कंडेल, विभूषण श्रेष्ठ, श्रीमती सिता राई, जीवन केसी, बलराम अधिकारी, दीपक सुब्बा, रामेश्वर देवकोटा, सल्लाहकारहरु बद्री योङया, श्रीमती रत्ना राई, मनप्रसाद चेम्जोङ साथै वेल्स गोर्खा कम्युनिटीका अध्यक्ष सुवर्ण लिम्बु लगायत कार्यसमिति खटिएको थियो । परिषदले सबैप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ