लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनले गत शनिबार पाल्मर पार्कमा १२ औं रेडिङ कप फुटबल प्रतियोगिता गरेको छ । प्रतियोगितामा २४ टिम सहभागी थिए ।
१६ वटा टिमसम्मिलित प्रमुख समूहमा मंगोलियन भान्जा बिजेता बन्यो भने जिग्गी बुल्ज रनर अप भयो । बिजेता मंगोलियन भान्जाले नगद १६ सय पाउण्डका साथ ट्रफी हात पारयो भने रनरअप जिग्गी बुल्जले एक हजार नगदका साथ ट्रफी जित्यो । उक्त समूहमा जिग्गी बुल्जका सुरज थापा मगरले सर्वोत्कृट खेलाडीको पुरस्कार प्राप्त गरे भने मंगोलियन भान्जाका इदान राईले सबै भन्दा बढि गोल हान्ने खेलाडीको रुपमा गोल्डेन बुट पुरस्कार पाए ।
त्यसैगरी जम्मा ६ वटा टिम रहेको भेट्रान्सतर्फ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बिजेता बन्दै एक हजार पाउण्ड पुरस्कार साथै ट्रफी जित्न सफल भयो । क्वीन्स एभिन्यू फुटबल क्लब रनर अप भएर ५ सय पाउण्ड नगद जित्यो । उक्त समूहमा ब्रिगेड ब्वाइज क्लबका सुरज गुरुङ सर्वोत्कृष्ट खेलाडी र बीबीसीकै मिलन राई सर्वाधिक गोल गर्ने खेलाडी घोषित हुंदै पुरस्कार जिते ।
सन् २००७ साल देखि शुरु भएको रेडिङ कप नेपाली समाजले हरेक वर्ष आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिता भित्रका अन्य आकर्षणमा नेपाली स्वयंसेवक स्वास्थ्यकर्मीद्वारा निशुल्क स्वास्थ्य प्रशिक्षण, विभिन्न नेपाली परिकारका खाना तथा
नेपाली पहिचान झल्काउने सामाग्रीको प्रदर्शन थिए जसले मिनी नेपाली मेलाको झझल्को दिएको थियो । राफल ड्र पनि खेलाइएको थियो ।
एसोसिएसनकी उपाध्यक्ष सुसिला गुरुङ र सल्लाहकार ढक गुरुङले स्वंयसेवकलाई खाजा प्रायोजन गरेका थिए भने सल्लाहकार अर्जुन बस्नेतको नेतृत्वमा रेडिङ आमा समूहकी अध्यक्ष चन्द्रा पुन, एसोसिएसनका उपाध्यक्ष दिपक गुरुङ लगायतको सहयोगमा दिन भर नै नेपाली परिकार ब्यवस्थापन गरिएको थियो । सल्लाहकार रामेश्वर थापा र साथीहरुको सकृयतामा भएको राफल ड्रले अदभूत रूपमा मनोरन्जन दिनुका साथै राम्रो आम्दानी समेत भयो ।
स्थानीय स्वास्थ्यकर्मी शुभाष दाहाल, नानु दाहाल र यशोदा कार्कीको हेल्थ चेक अत्यन्तै प्रशंसनीय रहयो । सल्लाहकारद्वय क्याप्नेट सिबी पुन र चन्द्रमान गुरुङको सेक्युरिटी ब्यवस्थापनले कार्यक्रम सौहाद्र्र वातावरणमा सम्पन्न भयो । उपाध्यक्ष भिमसेन खड्काको संयोजनमा परिचालित स्वयंसेवकहरुको योगदान प्रशंसनीय थियो । त्यस्तै उपाध्यक्ष धन बहादुर रानामगरको संयोजकत्वमा संचालित प्राविधिक टोलीमा प्रेम गुरुङ, भरत पौड्याल र प्रभात अधिकारीको टोलीले दिनभर खेल ब्यवस्थापन र संयोजन गरेको थियो ।
बिहान १० बजे शुरु भएको उक्त खेलको उद्घाटन समाजसेवी विश्वआदर्श पण्डित र एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङले संयुक्त रुपमा गरेका थिए भने राती पुरस्कार वितरण समारोहमा रेडिङ मेयर काउन्सिलर डेब्स इडवार्डस प्रमुख अतिथीको रुपमा उपस्थित भए । त्यसैगरी समारोहमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामी र पूर्व उपाध्यक्ष हिराधन राई लगायत आयोजक संस्थाका पूर्व अध्यक्षहरु अर्जुन बस्नेत, कीर्ति विलास पन्त र मानबहादुर गुरुङ तथा सल्लाहकार एवं प्रायोजकहरु उपस्थित थिए ।
पुरस्कार वितरण कार्यक्रमको अन्त्यमा रेडिङ मेयरले रेडिङ नेपाली समाजले आयोजना गरेको उक्त खेलमा उपस्थित भएर पुरस्कार दिन पाउंदा प्रसन्नता ब्यक्त गर्दै समाजलाई धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा रेडिङ नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले १२ औं रेडिङ कप सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न योगदान गर्ने स्वंयसेवक, सौजन्यदाताहरु, खेलाडी, दर्शक र शुभचिन्तक सबैलाई धन्यवाद दिइ कार्यक्रम समापन गरेका थिए ।
१२ औं रेडिङ कपको संयोजन संस्थाका उपाध्यक्ष यादव श्रेष्ठले र कार्यक्रम सञ्चालन महासचिव ओमकार अधिकारीले गरेका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे