लण्डन । नेपाल सरकारले २०७५ भाद्र १ बाट लागू हुने गरि हालै जारी गरेको मुलुकी अपराध संहिता ऐनको २८९ को उपदफा २ मा उल्लेखित ‘गाई वा गोरु मारे ३ बर्ष कैद र दण्ड सजाँय हुने’ कानूनी ब्यवस्थाप्रति नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले आपत्ति जनाएको छ ।
उक्त कानूनी ब्यवस्था नेपालको संबिधानमा भएको ‘धर्म निरपेक्ष राज्य’ को मर्म विपरित भएको नेफिन यूकेको ठहर छ ।
‘उक्त ब्यवस्थाले नेपालको आदिवासी जनजाति समुदायको धार्मिक तथा साँस्कृतिक अधिकारमा प्रतिकुल असर पारेको छ’- अध्यक्ष जंग सुनुवार र महासचिब खुशी लिम्बुले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ-‘एकल जातीय सम्प्रदाय र एकल धर्मावलम्वीहरुको मात्र पक्षपोषण गर्ने उद्देश्यले ल्याइएको उक्त कानूनी ब्यवस्थाको नेफिन यूके बिरोध गर्दै उक्त ब्यवस्था बदर गर्न जोडदार माग गर्दछ ।’
सोही कानूनी ब्यवस्थाबिरुद्द गत २०७५ भाद्र १ गते काठमान्डौ अनामनगरमा शान्तिपूर्ण बिरोधमा उत्रिएका बिकिन लिम्बुलाई नेपाल प्रहरीले गिरफ्तार गरेको भन्दै नेफिन यूकेले यथाशीघ्र रिहाई गर्न माग गरेको छ ।
‘शिवरात्रि र सार्वजनिक पाटी–पौवातिर जोगीहरुचाहिं नाङ्गो हिंड्न र बस्न पाउने तर हजारौं शहिदहरुको बलिदानबाट प्राप्त धर्म निरपेक्षताको बचावमा शान्तिपूर्ण आन्दोलन गरिरहेका बिकिन लिम्बुलाई चाहिं जेल हाल्ने ?’ बिज्ञप्तिमा छ-‘सरकारको नियत र कार्य कति न्यायसंगत छ यसबाटै प्रष्ट बुझ्न सकिन्छ । अत: नेपाल आदिवासी जनजाति महासंघ बेलायत लिम्बुको मागको उचित सम्बोधन गर्दै उनलाई यथाशीघ्र रिहाई गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।’
संस्थाले नेपालभित्र र बाहिर रहेका धर्म निरपेक्ष राज्यब्यवस्था पक्षधर सम्पूर्ण शक्तिहरुप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुसंग सांगठनिक सहकार्य गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा