लण्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण मंगलवार लण्डन आइपुग्नुभएको छ।
आफ्ना सहयोगीहरु स्वामी आनन्द अर्हत तथा स्वामी आत्मो नीरवसंग युके आइपुग्नुभएका स्वामी अरुणलाई हिथ्रो विमानस्थलमा ओशो सन्न्यासीहरुले भावपूर्ण स्वागत गरेका थिए।
आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। उहाँले यही अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ CV13 0LP मा ध्यान शिविर सन्चालन गर्नुहुने बताइएको छ।
यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा ‘आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने’ भन्ने विषयमा प्रवचन दिनुहुनेछ।
उहाँले ह्याम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्रमा अगष्ट २३ तारिख तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा अगष्ट २८ तारिखका दिन ध्यान शिविरहरु सन्चालन गर्नुहुने छ।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ। “राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भन्नुभयो।
हालै संयुक्त राज्य अमेरिका र क्यानडामा ध्यान शिविरहरु सन्चालन गरी गत सातामात्रै स्वामी अरुण नेपाल फर्कनु भएको थियो। स्वामी अरुणले गत १२ वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।
“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय तथा एकदिवसीय ध्यान शिविर एवम् सत्संग लगायतका कार्यक्रममा सपरिवार सहभागी हुन हामी सबैमित्रहरुलाई आग्रह गर्दछौं,” ओशो क्याम्प युकेका संयोजक स्वामी ध्यान शंकरले भन्नुभयो।
https://www.oshoanandbodhilondon.co.uk/2018-Meditation-retreat.html मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा