लण्डन। बलिउडकी हट नायिका सन्नी लियोन समेतलाई लिएर बेलायतका नेपाली ब्यवसायी बिक्रम जोशीले फिल्म बनाउने भएका छन्। एबी इन्टरनेसनलको ब्यानरमा फिल्म ‘पासवर्ड’ बन्न लागेको हो।
बलिउड नायिका लियोनले भारतीय रुपैयाँ २ करोड लिने जोशीले जनाए । लियोनको सुटिङ बेलायतमा गरिने छ ।
सम्राट बस्नेतले निर्देशन गर्ने उक्त फिल्म आउँदो २६ अगस्त आइतबारदेखि बेलायतमा सुटिङ हुँदैछ। यसका लागि नेपालबाट करिब २० जनाको टिम लण्डन आइसकेको छ ।
फिल्ममा अनुप बिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, लिशा सुनार, रबिन्द्र झा, परि राना आदिको समेत अभिनय रहने बताइएको छ । लण्डन, बोर्नमाउथ, ससेक्स् आदि ठाउँमा फिल्म सुटिङ गर्ने योजना छ ।
अमित बस्नेत र हिरल जोशी निर्माता रहेको उक्त सिनेमाको कुल लागत ३० करोड रुपैयाँ लाग्ने दावी जोशीले गरेका छन्।फिल्म २०१९ जनवरीतिर रिलिज गर्ने योजना बनाइएको छ।
नेपाली सिनेमालाई नयाँ उचाइमा लैजाने आफ्नो सोच रहेको बताउदै जोशीले अब नियमित फिल्म निर्माण गर्ने योजना सुनाए । ‘गुणस्तरीय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु’- उनले भने- ‘नेपाली फिल्मले धेरै फड्को मारेको अवस्थामा बिदेश बस्ने नेपालीले पनि साथ दिन जरुरी छ ।’ फिल्मको क्रिएटिभ डाइरेक्टर बिक्रम जोशी नै छन्।
यसअघि जोशीसहित अन्य केही ब्यवसायीको संयुक्त लगानीमा ‘हेप्पी डेज’ फिल्म बेलायतमै निर्माण भएको थियो।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ