लन्डन । गत मंगलबार बिहान बेलायती संसद भवन बाहिर पैदल तथा साइकल यात्रुमाथि जानी जानी कार ठोक्काउने सालिह खातेरलाई हत्या प्रयासको दुई भिन्न अभियोग लगाइएको छ । सुडानी मुलका २९ वर्षीय खातेर बेलायतको बर्मिङहम निवासी हुन् । तीन जना घाइते हुने गरि भएको उक्त घट्नालाई मेट प्रहरीले आतंकवादी आक्रमणका रुपमा हेरेको छ । सालिह सोमबार वेष्टमिनिष्टर म्याजिस्टे«टस कोर्टमा उपस्थित हुनेछन् ।
यो घट्नापछि बेलायती सुरक्षा संयन्त्र थप सतर्क बनेको छ । ब्रिटिश संसद नजिक आतंककारी हमला ठानिएको एक घट्नापछि ब्रिटिश सुरक्षा संयन्त्रले ७ सय वटा जति सम्भाव्य आतंकवादी हमलाबारे अनुसन्धान गरिरहेको सार्वजनिक भएको छ ।
ब्रिटिश प्रधानमन्त्री टेरेजा मेले ब्रिटेनले उसको इतिहासमै सबैभन्दा बढी आतंककारी हमलाको खतरा व्यहोरिरहेको चेतावनी दिएपछि यो जानकारी सार्वजनिक भएको हो ।
ब्रिटिश अधिकारीहरुले आतंककारी हमलाको स्रोत हुनसक्ने ठानिएका ६७६ वटा सम्भाव्य घट्नाहरुबारे अनुसन्धान भइरहेको जनाएका छन् । ६ महिना अघि त्यस्ता ५ सय वटा मात्र घट्नाबारे अनुसन्धान भइरहेको थियो । उनीहरुले सुरक्षा दलहरु तथा आतंकवाद विरोधी प्रहरीले गएको झण्डै डेढ वर्ष यता १३ वटा इस्लामवादी योजनाहरु निरस्त गरेको जनाएका छन् । त्यस्तै चरम दक्षिणपन्थीहरुले बनाएका थप चारवटा योजनाहरु पनि निरस्त पारिएको उनीहरुले बताए ।
डेली एक्सप्रेसले जनाएअनुसार सन् २०१० देखि २०१७ सम्म आतंकवादी क्रियाकलापका संलग्न रहेको अभियोगमा दुई हजार २९ जनालाई गिरफ्तार गरिसकिएको छ । गत डिसेम्बरसम्म एक वर्षकै अवधिमा चार सय १२ जना पक्राउ परेका थिए । बेलायती सुरक्षामन्त्री बेन वालेसले ब्रिटेनमा इस्लामिक उग्रवादी र चरम दक्षिणपन्थी दुवैबाट आतंकवादी आक्रमण योजना बढिरहेको र सुरक्षा संयन्त्रले प्रत्यक्ष अनुसन्धान पनि जारी राखेको बताए ।
प्रधानमन्त्री मेले निरन्तर आक्रमण बढिरहंदा देशवासीलाई एकै ठाउंमा जुट्न आव्हान गरेकी छन् । गत मंगलबार वर्ष दिनभित्र दोश्रो पटक संसद भवन बाहिर वेष्टमिनिस्टर आक्रमण भएपछि प्रधानमन्त्रीले भनिन्, ‘दोश्रो पटक सहनशीलता र स्वतन्त्रताको प्रतिक हाम्रो प्रजातन्त्रको घरको ढोका छेउमै भयानक दृश्य देख्नुपरयो । आतंकवादको धम्की ब्रिटेनमा उच्च छ । तर, म सबैलाई होसियार रहन र आफ्नो दैनिकी यथावत सञ्चालन गर्न आग्रह गर्दछु ।’
उग्रवादीहरुको लक्ष्य आतंक र हिंसामार्फत आफूहरुलाई विभाजित गर्ने भएपनि त्यो कहिल्यै सफल नहुने विश्वास प्रधानमन्त्री मेको छ ।
सन् २०१७ मा बेलायत अन्य युरोपेली मुलुकको तुलनामा सबैभन्दा बढि आतंकवादी आक्रमणको चपेटामा परयो । युरोपोलले युरोपका अन्य देशभन्दा बेलायतले धेरै आक्रमण सामना गरेको जनाएको हो ।
गत वर्ष आइसीसबाट प्रभावित आक्रमणबाट बेलायतको वेस्टमिनिस्टर, म्यानचेस्टर र लन्डन ब्रीजमा ३६ जनाले ज्यान गुमाएका थिए । युरोपोलका अनुसार यूकेपछि स्पेनमा १६, स्वीडेनमा ५, फ्रान्समा तीन, फिनल्याण्डमा दुई र जर्मनीमा एकजनाले आतंककारी आक्रमणमा ज्यान गुमाए । घट्नामा युरोपभर ८ सय जना घाइते भएका थिए । -इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’