लण्डन । एशियन कम्युनिटी हल, प्लमस्टेडमा यही आइतबार हुने प्रतिभा नक्षत्रको तयारी पूरा भएको आयोजकले बताएका छन् ।
नेपाली मौलिकता, कला-संस्कृति, साहित्य, संस्कार संरक्षण गर्ने र प्रवासी नेपालीहरूको दोश्रो पुस्तामा बाल तथा युवा प्रतिभा प्रतियोगिताको माध्यमबाट नेपाली मौलिकता हस्तान्तरण गर्ने उद्देश्य प्रतिभा नक्षत्रको छ।
प्रतियोगितामा नेपालीका साथै, बेलायतबासी अरू समुदायहरू पनि आएको खन्डमा सहभागी गराउने उद्देश्य छ।
यस प्रतियोगितामा भाग लिन बेलायतको लन्डन, स्कटलेन्ड, योर्क, इसेक्स, सरी, डार्टफार्डबाट विभिन्न बिधामा प्रतियोगीहरूको निवेदन परेको छ । निवेदन परेको बिधाहरूमा गायन, कविता, नृत्य, बाद्यवादन (हारमोनियम, भाइलिन, गिटार ) छन् ।
प्रतियोगीहरूलाई प्रत्येक दिनजसो मेन्टरहरूले अभ्यास स्थल र अनलाइनको माध्यमबाट मार्गदर्शन गरी अगस्ट ९, बिहिबारका दिन गोर्खा क्लब, प्लमस्टेडमा अडिसन गरी छानिएको छ ।
अन्तिम प्रतियोगितामा बाल समूहबाट १६ र युवा समूहबाट १२ जना प्रतियोगी छनौट भएका छन् । निर्णायकहरूले यिनै सहभागीमध्येबाट युवा र बाल समूहका प्रतिभा नक्षत्र २०१८ को घोषणा गर्नेछन् ।
यसवर्ष युवातर्फ प्रथम हुनेलाई पाउन्ड ५००, दोस्रो हुनेलाई ३०० पाउण्ड, तेस्रो हुनेलाई २०० पाउण्ड र बालतर्फ प्रथम हुनेलाई पाउन्ड ३००, दोस्रो हुनेलाई २०० पाउण्ड, तेस्रो हुनेलाई १०० पाउण्डका साथै ट्रफी तथा प्रतिभा नक्षत्र २०१८ को उपाधि र बेलायतमा हुने बिभिन्न अवसरहरूमा प्रतिनिधित्व गर्ने मौका दिइनेछ ।
यस कार्यक्रम सफल बनाउन कार्यक्रम आयोजक कमिटी अहोरात्र खटिरहेको छ भने आयोजकले आर्थिक र नैतिक समर्थन गर्ने बेलायतका बिभिन्न संघसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, पत्रकारहरू र समस्त समुदायलाई धन्यवाद दिएको छ ।
प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनले कार्यक्रममा सहभागी भइ सहयोग गर्न सबैमा अनुरोध गरेकी छिन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार