लन्डन, २९ साउन – बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।
विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्र प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले आम सर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको थियो ।
“हाउस अफ लर्डस्को बाहिरको बारमा तिब्र गतिको कारले हिर्कायो । ठूलो आवाज आयो र धुँवा उड्यो,” प्रत्यक्षदर्शी एवीलीना ओचाबले भन्नुभयो । “चालक तुरुन्तै बाहिर निस्केनन् । सुरक्षागार्डले तत्कालै मानिसलाई टाढा जान आग्रह गरिरहेका थिए ।”
यही स्थानमा मार्च २०१७ मा पनि आतङ्कवादी हमला भएको थियो । खालिद मसूद नाम गरेका एक व्यक्तिले वेस्टमिन्स्टर ब्रिजमा चार जना मानिसको ज्यान लिनेगरी कारबाट आक्रमण गरेका थिए ।
लन्डनको महानगरीय प्रहरीले प्रतिआतङ्कवाद कमान्डले घटनाको अनुसन्धान थालिसकेको जानकारी दिएको छ । कार दुर्घटनामा केही व्यक्ति घाइते भएपनि जटिल अवस्थामा नरहेको बताइएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ