लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले वरिष्ठ साहित्यकारद्वय प्रा. डा. तुलसी दिवस र प्रा. डा. गोविन्दराज भट्टराईलाई अभिनन्दन गरेको छ ।
चार दशक भन्दा बढी समयदेखि अनवरतरुपमा नेपाली भाषा साहित्य क्षेत्रमा समर्पित रहि नेपाली साहित्यको विकास र विश्वव्यापी प्रचार प्रसार गराउन उनीहरुले महत्वपूर्ण योगदान गरेको भन्दै परिषदले साहित्यकारद्वयलाई अभिनन्दन गरेको हो ।
बेलायतको ऐतिहासिक सहर केन्टबरीस्थित केन्टबरी चर्च युनिभर्सिटीमा १२ अगष्ट आइतबार आयोजित दोस्रो विश्व साहित्य सम्मेलनका अवसरमा बेलायतमा रहेका समस्त साहित्यकारहरुको तर्फबाट परिषदका संरक्षक प्रमुख अतिथि महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले वरिष्ठ साहित्यकारद्वय दिवस र भट्टराईलाई अभिनन्दन गरे ।
सम्मान अघि परिषदका अध्यक्ष कोमल मल्लले अभिनन्दनपत्र वाचन गरेका थिए ।
त्यसैगरी समारोहमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला, पूर्व राजदूत प्रा. नवलकिशेर राई, गीतकार भावेश भूमरी, शिला स्टेनर लगायत अतिथि साहित्यकारहरुलाई परिषदका संस्थापक सुरेशजंग शाह, अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, पूर्व अध्यक्ष हरिसिंह थापा, सल्लाहकार घन बहादुर थापा, उपाध्यक्ष डा. सुधा श्रेष्ठ, महासचिव वीरेन्द्र कुंवर, कोषाध्यक्ष मनोज अन्जान, कार्यकारिणी सदस्य डम्बर सिंह र कल्पना आङबुहाङ लगायत पदाधिकारीले सम्मान तथा उपहार अर्पण गरेका थिए ।
नेपाली साहित्य विकास परिषद यूके सम्मेलनको सह-आयोजक थियो । सम्मेलन समापनपछि अतिथि साहित्यकारहरुको सम्मानमा परिषदले रात्रीभोज आयोजना गरेको थियो ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने