
लण्डन, बेलायत, २७ साउन – बेलायती शहर म्यानचेस्टरमा भएको गोली काण्डमा कम्तीमा १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार आइतबार (बिहान २.३० बजे) मोससाइड क्षेत्रको क्लेयरमाउन्ट रोडमा चलेको गोली लागी उनीहरू घाइते भएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ ।
गुप्तचर प्रहरी निरीक्षक डेवी डुलीले भन्नुभयो, “हामीले अहिले केही स्थानीयहरूलाई घाइते अवस्थामा अस्पतालमा भेटेका छौँ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँहरूको उपचार भइरहेको छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ ।”
उहाँले घटनालाई खतरनाक आक्रमणको सज्ञा दिँदै अधिकारीहरूले घटना कहाँ भएको र यसका दोषीहरूबारे अनुसन्धान गरिरहेको बताउनुभयो ।
डुलीले भन्नुभयो, “घटनामा दोषी रहेको आशङ्कामा क्यारेवियाली व्यक्तिलाई पक्राउ गरिएको तर घटनाको केहीघण्टा पहिले उसलाई छोडिएको थियो । त्यसैले त्यहाँ त्यस किसिमका केही मानिसहरूको समूह हुन सक्छन् ।”
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा