लन्डन । बेलायतमा नौलो नाम होइन् डा. कपिल रिजाल । एकजना समाजसेवी, दन्त एवं प्रोपर्टी व्यवसायी र केही म्यूजिक भिडियो निर्देशक तथा निर्माताका रुपमा उनको पहिचान स्थापित छ । बेलायती समुदायले उनलाई विशेष गरि सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्षका रुपमा चिनेको छ ।
फरक फरक पृष्ठभूमि बनाएका डा. रिजाल यतिखेर आफूले निर्देशन गर्ने म्यूजिक भिडियोका लागि महिला मोडलको खोजीमा छन् ।
गायिका अन्जु पन्त र अनिस पाण्डेको स्वर रहेको गीत ‘सुस्तरी…’ को म्यूजिक भिडियो बनाउन डा. रिजालले २४ अगष्टभित्र फिमेल मोडल खोजेका हुन् । पुरुष मोडलमा भने लियो टयांक छनोट भइसकेका छन् । के के प्रोडक्सन लिमिटेडले बनाउने म्यूजिक भिडियो निर्देशन डा. रिजालले गर्नेछन् भने डिओपीको जिम्मा सुमन श्रेष्ठलाई छ ।
‘म छिट्टै फिचर फिल्म बनाउने योजनामा पनि छु, त्यो भन्दा अघि यो म्यूजिक भिडियोले केही अनुभव दिनेछ’- ड्रिम्स चलचित्रका निर्माता समेत रहेका रिजालले भने, ‘अभिनयमा रुची भएका इच्छुक मोडलले २४ अगष्टसम्म सम्पर्क गर्न सक्नेछन् ।’ प्राप्त आवेदनमध्येबाट अनुभवी र पेशाप्रति लगाव भएका मोडललाई अवसर दिने सोचमा छन् डा. रिजाल ।
सम्पर्कका लागिः
POTELTIAL MODELS PLEASE CONTACT ON THE DETAIILS BELOW BY FRIDAY 24th OF AUGUST 2018
Nesha Gurung
07766301276
Alternatively email on:
[email protected]
Lyrics and Music: Bhanu Bhattarai
Singers: Anju Panta & Anish Pandey
Music Arrangement: Purusottam Subedi
D.O.P: Suman Shrestha
Director: Dr. Kapil Rijal
Actors
Male: Leo Tank
Female: To Be Confirmed Soon
Especial Thanks;
Seven Sister Studio, London(Marrik)
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा