लण्डन। गैरआवासीय नेपालीहरूको लगानीको सौर्य उर्जा उत्पादनमा नेपाल विद्युत प्राधिकरणले उर्जा खरिद सम्झौता गरेको छ ।
लण्डनका नेपालीहरूको सहकारी संस्था नेपलिज कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसिआइ) युके प्रोमोटर रहेको सोलार फर्म प्रालिसित प्राधिकरणले आज काठमाडौंमा सो सम्झौता गरेको हो ।
तनहुँस्थित शुक्लागण्डकी नगरपालिका, बेलचौतारामा रहेको सो कम्पनीले ५ मेघावाट सौर्य उर्जा उत्पादन गर्ने कम्पनीका अध्यक्ष मोहन गुरूङले जानकारी दिए । उनी एनसिआइका पनि अध्यक्ष हुन् ।
डेनिस प्रविधिको सहयोगमा बन्ने सो फर्मले एक वर्षभित्रमा उर्जा उत्पादनको लक्ष्य राखेको छ ।
करिब ५० करोड रुपैयाँको लागतमा निर्माण हुने सो फर्मसित प्रति युनिट ७ रूपैयाँ ३० पैसामा उर्जा खरिद सम्झौता गरिएको छ ।
नेपालमा सौर्य ऊर्जा कम्पनीसित नेपाल विद्युत प्राधिकरणले गरेको उर्जा खरिद सम्झौता गरेको यो सम्भवत पहिलोपटक हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा