लण्डन । नवलपरासीबाट छुटिट्एर बनेको नयां जिल्ला नवलपुरबाट बेलायत आएर बसेकाहरुले नयां संस्था गठन गरेका छन् । गत आइतबार एक भेलाबीच नवलपुर समाज यूके गठन भएको हो । बेलायतका अढाइ सय बढि नेपाली संस्थामा यो कान्छो संस्थाका रुपमा जन्मिएको हो । देश संघीयतामा जाने क्रममा नवलपुर बनेको थियो ।
नवलपुरेहरुको पहिलो भेलाले इन्द्रजित सारु मगरको नेतृत्वमा एक तदर्थ समिति र सल्लाहकार समिति गठन गरेको छ । समितिमा सारु मगर अध्यक्ष र टिकाराम सापकोटा सचिव छन् भने सदस्यहरुमा महेश देवकोटा, प्रकाश कंडेल, सुजाता कंडेल, एलबी गुरुङ, युवराज राना, मिना सापकोटा, विष्णु चालिसे, माधव रेग्मी, नारायण कडेल (रेडिङ), गंगा सापकोटा, मान ठाडा मगर, रामचन्द्र सुवेदी, चित्र राना र देवेन्द्र थापा चुनिएका छन् ।
त्यस्तै, समाजको सल्लाहकारमा डा. प्रेम आले, होम शर्मा, थर्क राना, सन्तोष रेग्मी र नारायण कंडेल छन् ।
नव स्थापित संस्थाले बेलायतमा रहेका नवलपुरेहरुलाई एकवद्ध गर्दै गृहजिल्ला र नेपालमा विभिन्न सामाजिक कार्य गर्ने लक्ष्य लिएको समाजका अध्यक्ष इन्द्रजित सारु मगरले बताए ।
भेलामा करिब २ सय नवलपुरेहरु सहभागी थिए ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय