लन्डन । हिलिङडन गोर्खा नेप्लिज कम्युनिटीले हिलिङडन काउन्सिलसंगको सहकार्यमा शनिबार हेजस्थित क्यानल सरसफाइ गरेको छ ।
कम्युनिटीका संस्थापक सूर्य इम्सोहाङ लिम्बुको नेतृत्वमा अध्यक्ष तेज पुन, उपाध्यक्ष अन्जना गुरुङ, सल्लाहकार भूपाध्वज आले, कोषाध्यक्ष शमशेर लिम्बु, ज्ञान थापासहित करिब तीन दर्जन पदाधिकारी तथा सदस्यहरुले क्यानल सफाइ गरेका हुन् ।
निकै लामो दूरीमा रहेको क्यानल दांया बायां गरि झण्डै ७ किलोमिटरसम्म सफाइ गरिएको थियो ।
काउन्सिलले अरु कम्युनिटीलाई आग्रह गरेपनि नेपाली समुदायले मात्र साथ दिएको उपाध्यक्ष अन्जना गुरुङले जनाइन् । नेपाली समुदायको स्वयंसेवाका कारण काउन्सिल पदाधिकारी आभारी थिए । हिलिङडन बरोका हेज पार्टनरसीप डेविड बरोले हिलिङडनवासी नेपालीको खुलेर प्रशंसा गरे । वर्षको दुई पटक यस्तो सरसफाइ गर्ने गरिएकामा नेपाली कम्युनिटीले सधैं सहभागिता जनाउंदै आएको छ ।
हिलिङडन काउन्सिलसंग नेपाली कम्युनिटीको विशेष सम्वन्ध छ । काउन्सिलले कम्युनिटीलाई आफ्नै ‘सिमेट्री’ प्रवन्ध गरिदिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा