
लन्डन । बेलायतस्थित तमुहरुको ७३ वटा
संघसंस्थाहरूको संयुक्त प्रयासमा बिगत केहि वर्षदेखि तमुहरुको उत्पत्ति, इतिहास, धर्म, संस्कार संस्कृति, वेशभूषा, भाषासाहित्य, चाडपर्व, सामाजिक, आर्थिक स्थिति र कला सम्बन्धि एउटा त्रिभाषीय वृहत कृति प्रकाशन गर्ने पहल भइरहेको छ । यस अभियानलाई ‘मिलेनियम प्रोजेक्ट’ नामाकरण दिइएको छ । पुस्तकको शिर्षक ‘तमुहरूको सम्पदा’ अथवा ‘गुरुङ हेरिटेज’ राखिएको उक्त बृहत प्रोजेक्टका लेखक मध्येका ‘भेषभूषा र भाषा साहित्य’ का समूह नायक सुमलकुमार गुरुङले बताएका छन् ।
क्या.रि. राजु गुरुङको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष कार्यशाला गरेर तमु बौद्धिक व्यक्तित्वहरुले आ-आफ्ना धारणा पेश गर्दै आएका छन् । यतिबेला तमु फोरमको निर्देशकको हैसियतमा क्या.रि. राजु गुरुङलाई सर्वसम्मत चयन गरे पश्चात उनको नेतृत्वमा तमु धर्मगुरुहरुको राय बटुल्ने अभिप्रायले यही आउंदो १६ सेप्टेम्बर २०१८ का दिन अन्तरक्रिया गर्ने तयारी भएको छ ।
त्यही कार्यक्रम सम्बन्धमा खेगी गुरुहरुसंग शनिबार फार्नबारोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा साधारण सभा सम्पन्न भयो । कार्यक्रमका सह-निर्देशक हरि गुरुङले सञ्चालन गरेको सभाको सभाध्यक्ष क्या.रि. राजु गुरुङले गरेका थिए ।
सभामा फोरमका अर्का सहनिर्देशक क्या.रि. देवराज तमुले स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । निर्देशक क्या.रि. राजु गुरुङले यस अभियान सफल पार्न सबैलाई आग्रह गर्दै हालसम्मको प्रगति विवरण संक्षिप्त रुपमा सुनाए । बोर्ड अफ काउन्सिलका अध्यक्ष मेजर रि. एलबी गुरुङ, धर्मगुरुहरु पौडी पच्यु चिबा, यारजंग तमु, खेम्पो शिरलम गुरुङ र क्लिहप्रही चिबा दानबहादुर तमुले आ-आफ्नो धारणा राखे ।
सभाको अन्तमा बोर्ड अफ काउन्सिलका उपाध्यक्ष क्या.रि. डेमबबहादुर तमुले धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गरेका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे