लन्डन । भूपू गोर्खाहरुको उल्लेख्य लगानी रहेको बेलायतस्थित उर्जा कम्पनी जीनर्जीले छोटो समयमै ग्राहकको मन जितेको छ । सन् २०१४, २४ नोभेम्बरदेखि औपचारिक रुपमा ग्यांस र बिजुलीको सेवा दिन थालेको कम्पनीले यो अवधिमा बेलायतभर झण्डै ११ हजार ग्राहक बनाइसकेको जनाएको छ । सन् २०२० सम्म कम्तीमा ३० हजार ग्राहक पुरयाउने लक्ष्य कम्पनीको छ । भूपू गोर्खाहरुले व्यवस्थापन गरिरहेको उक्त कम्पनीमा २४ जना गोर्खा परिवारका युवा कार्यरत छन् ।
शनिबार फार्नबोरोस्थित भिलेज होटलमा आयोजित एक पत्रकार सम्मेलनमा जीनर्जीका प्रमुख कार्यकारी मेजर रिटायर्ड टिकेन्द्र दल देवानले बढ्दो विश्वसनीयता र गुणस्तरिय सेवाका कारण कम्पनी मुनाफा गर्न सफल भएको तथ्यांक पेश गरे ।
इच्छुक नेपालीलाई जीनर्जीमा लगानीको अवसर रहेको जानकारी दिंदै देवानले झण्डै चार वर्ष अवधिमा कम्पनीको कारोबार एक करोड २० लाख पाउण्ड रहेको र करिब दुई सय भन्दा बढिले २.८ मिलियन पाउण्ड लगानी गरिसकेको जानकारी दिए ।
‘नेपाली समुदायका घरघरमा सस्तो र सुलभ दरमा ग्यांस/बिजुली आपूर्ति हाम्रो मुख्य प्राथमिकता छ’, देवानले भने, ‘हामी विशुद्ध नेपाली कम्पनी भएकाले सबै नेपालीले गर्व गरि साथ दिनुहोस् । हामीसंग नेपाली भाषामै बोल्ने १८ जना स्नातक उत्तिर्ण युवा छन् र उनीहरुको माध्यमबाट सजिलै सेवा लिन सक्नुहुन्छ ।’
देवानले बेलायतका कुनै पनि नेपाली संघसंस्थाले न्यूनतम १० घरलाई जीनर्जीको ग्राहक बनाउन सके उक्त संघसंस्थालाई प्रत्येक घर बमोजिम २० पाउण्ड प्रदान गरिने पनि बताए । साथै हरेक वर्ष ति ग्राहकहरुको संख्या अनुसार उक्त संघसंस्थालाई फेरि पनि प्रत्येक घर बमोजिम २० पाउण्ड दिइने जनाइएको छ ।
कम्पनीले अमेरिकी कम्पनी मशिनिस्ट्स यूएसए इंक तथा नेपालमा जलविद्युत क्षेत्रका उसका साझेदारहरुसंग र वेल्समा पनि विद्युत उत्पादनको क्षेत्रमा सहकार्य गरिरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोर्ड अफ डाइरेक्टर्स मेजर रिटायर्ड कुलबहादुर थापाले स्वागत मन्तव्य दिएका थिए भने कर्मचारीहरु तपस गुरुङ, शिशिर गुरुङ र विजय थापाले कम्पनीको सेवा सुविधा, चुनौति, भावी योजना, प्रविधि विस्तार लगायत विषयमा प्रिजेन्टेसन दिए । जीनर्जीसंग सहकार्य गरेका मशिनिस्ट्सका तर्फबाट डा. रेमण्ड डेभिज, साइडवाइडियो लिमिटेडका संस्थापक वेयन क्रम्पटन र यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अलान मार्सेल सान्काले पनि आफ्नो धारणा राखेका थिए ।
गत जुलाई २१ मा कम्पनीको वार्षिक साधारणसभा सम्पन्न गरेको उक्त कम्पनीले हालसम्मको प्रगति विवरण तथा आगामी कार्ययोजनाबारे गरिएका निर्णयबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो ।
तस्विरहरु- शिव भण्डारी
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा