
लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेजा मे ब्रेक्जिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गर्नुभएको छ । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको अवस्थामा उहाँले फ्रान्सका राष्ट्रपति इमान्यूएल म्याँक्रोसँग शिष्टाचार भेटवार्ता गर्न लाग्नु भएको हो ।
उहाँहरुबीच ब्रेगानकोनमा दुई घण्टा अनौपचारिक भेटवार्ता हुनेछ । “फ्रान्सेली राष्ट्रपतिहरुको गृष्मकालीन निवासका रुपमा ब्रेगानकोन चर्चित छ, र हाल इटालीमा छुट्टी मनाइरहेकी बेलायती प्रधानमन्त्री मेलाई यहाँ स्वागत गर्ने योजना बनाइएको हो,” स्रोतले बतायो ।
प्रधानमन्त्री मेले ब्रेक्जिट वार्ताका बारेमा लन्डनको अवधारणा र युरोपेली यूनियनसँगको भावी सम्बन्धका बारेमा धारणा राख्नु हुनेछ । स्रोतका अनुसार, यस प्रस्तावका बारेमा स्पष्ट गर्ने यो अवसर हो र उहाँहरुबीच राजनीतिक सन्दर्भका बारेमा पनि छलफल हुनेछ ।
युरोपेली राष्ट्रहरुको दबाब मेमाथि लगातार चुलिदो छ । खासगरी गत महिनामात्र आफ्नै मन्त्रिपरिषदका दुईजनाले राजीनामा दिएपछि सङ्कट गहिरिएको हो । प्रधानमन्त्री टेरेजामाथि सन् २०१९ मार्च २९ बाट बेलायत र युरोपेली यूनियन अलग्ग हुने सम्झौताको कार्यान्वयन गर्नैपर्ने चुनौती छ र यो समयावधि आउन अब केही महिना मात्र बाँकी छ । आगामी अक्टोबरको मध्यसम्ममा आयोजना हुने युरोपेली शिखर बैठकको मध्य सम्ममा एउटा सैद्धान्तिक सहमति खोजीसक्नु पर्नेछ ।
प्रधानमन्त्री मेले आयरल्यान्डसँग दोहोरो कर प्रणालीको प्रस्तावलाई अघि सार्नु भएको छ । प्रस्ताव अनुसार, आइरिस सीमामा उठाइने राजश्वलाई दुवै देशको हितमा प्रयोग गरिने छ । युरोपेली यूनियनका तर्फबाट आयरल्यान्डका लागि ब्रेक्सिट वार्ताकारका रुपमा खटाइएका मिसेल बार्नियरले यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।
तर दुई नेताबीचको छलफलमा बार्नियरलाई हटाउने विषयमा छलफल नहुने स्रोतले बताएको छ ।
युरोपेली नेताहरु बार्नियरको पक्षमा खुलेरै बोलिरहेका छन् जसले एक लेख प्रकाशित गरी बेलायत र युरोपेली यूनियनबीच “बाहिरिने पक्षमा ८० प्रतिशत सम्झौता भइसकेको” बताउनुभएको छ । जर्मन र फ्रान्सेली भाषामा प्रकाशित सो लेखमा उहाँले “तर ८० प्रतिशत भनेको १०० प्रतिशत त होइन” भनी चेतावनी पनि दिनुभएको छ ।
फ्रान्सले ब्रेक्सिट सम्झौताका सन्दर्भमा कडा विचार राखिआएको छ, खासगरी वित्तीय सेवाका क्षेत्रमा । मुख्य बैंकिङ इकाईहरु लन्डनबाट पलायन भएमा त्यसबाट सिर्जना हुने करिब ३,५०० नयाँ बैंकिङ रोजगारी फ्रान्स आउने अपेक्षा फ्रान्सले गरिरहेको छ ।
अन्य क्षेत्रका कम्पनीहरुले पनि बेलायत छाड्ने सम्भावना रहेको चेतावनी दिइरहेका छन् जसले युरोपका अन्य मुलुकलाई आर्थिक रुपमा निकै फाइदा पुग्नेछ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा