लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेलामा गाउन लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम लण्डन आइपुगेका छन् ।
आइतबार अल्डरसटको कन्नट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्वय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् ।
कलाकारहरुको स्वागतका लागि समाजका अध्यक्ष राम गलामीको नेतृत्वमा गुल्मेलीहरुको एक जम्बो टोली हिथ्रो विमानस्थल पुगेको थियो ।
अध्यक्ष गलामीसंगै उपाध्यक्षहरु फडिन्द्र भट्टराई र टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव बीर बलाल, सहकोषाध्यक्ष राम सापकोटा, सांस्कृतिक सचिव मुना सापकोटा, सल्लाहकार गोकर्ण बस्नेत, ओम बुढाथोकी, माया केसी, ज्ञान छन्त्याल लगायतले विमानस्थलमै कलाकारलाई न्यानो स्वागत गरे ।
कलाकारहरु उत्साहित
गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणामा बेलायत आएका महत र गौतम दुवै गुल्मेली कलाकार हुन् ।
पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय गायक महतका ‘मान्छेको जिन्दगानी’, ‘दुई कुराले ठग्यो’, ‘मादल’, ‘हाम्रो नेपाल हामी नेपाली’, ‘बटौली गाउंतिर’ लगायतका गीत चर्चित छन् ।
त्यस्तै, गायिका सुशिला गौतमका पनि ‘माइतीको माया’, ‘बसायो बामरी हरर’, ‘गफ लायो सोल्टीले’, ‘रातो भाले’, ‘जवानीले ढुनुमुनु बनायो’ लगायतका गीतहरु दर्शक/श्रोतामाझ लोकप्रिय छन् ।
कार्यक्रमका लागि पहिलोपटक लण्डन टेकेकी गायिका सुशिला उत्साहित देखिन्थिन् । ‘पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा निकै खुशी र उत्साहित छु’, सुशिलाले सुनाइन्, ‘बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएकी छु ।’
गायक बैकुण्ठ महत पनि बेलायतमा कार्यक्रम गर्न आएको यो पहिलोपटक हो । ‘हामी बेलायत आउंदै गर्दा खुशी त छौं नै, संवेदनशिल पनि छौं’, बैकुण्ठले भने, ‘यहां आउनु मात्रै भन्दा पनि बेलायतका दर्शक, श्रोतालाई मनपर्ने गरेर प्रस्तुति दिन सक्नु बढि महत्वपूर्ण छ । त्यसप्रति हामी सचेत र संवेदनशील छौं ।’
विमानस्थल उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग कलाकारद्वयले अगस्ट ५ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबैलाई आग्रह पनि गरेका छन् ।
कार्यक्रमको तयारी पूरा
यता वार्षिक भेला कार्यक्रमका लागि तयारी लगभग पूरा भएको समाजले जनाएको छ ।
नेपालबाट आएका कलाकारहरुको अलावा प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइनेछ ।
कार्यक्रमस्थलमा मौलिक गुल्मेली झ्याउरे, ठाडो भाकादेखि रोइला र भजनसम्मका प्रस्तुतिको विशेष आकर्षण पनि रहनेछ ।
झण्डै १५ सयको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रम बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो र रमाइलोमध्येको एक मानिन्छ ।
कार्यक्रममा सहभागिताका लागि समाजले बेलायतबासी गुल्मेली तथा गैरगुल्मेली सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ ।
तस्बिरहरु-शिव भण्डारी
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा