टोक्यो, ६ साउन – जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
केही दिनयता यहाँको तापक्रम बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।
अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०.७ डिग्री सेल्सियससम्म पुगेको छ ।
यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्क छ । यसैबीच क्योतो सहरमा लगातार सात दिनसम्म ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।
जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
जापानको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ ।
मङ्गलबार जापानको क्योतो शहरको आइची जिल्लामा सञ्चालित एक छ वर्षीया बालकको ज्यान गएको थियो । उनको विद्यालयमै ज्यान गएको बताइएको छ ।
त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयहरुको पठन पाठन पनि बन्द गराइएको छ । अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालयहरु बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन् ।
जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो ।
उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।
यसलाई कतिपय मौसमविद्हरुले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीहरुले भने केही बताएका छैनन् ।
भियतनाममा आँधी र बाढी, १० जनाको मृत्यु, कैयौँ बेपत्ता
हनोई, ६ साउन – मध्य र उत्तर भियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको छ ।
बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु कैयौँ व्यक्ति हराएका छन् ।
दक्षिण पश्चिमी एसियाली यस राष्ट्रमा मौसमी बर्षा र आँधीमा परी बर्षेनी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।
भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको यो तेस्रो पटकको आँधी हो । बुधबारबाट आएको यस आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ ।
भारी वर्षाका कारण राजधानी हनोइदेखि लिएर देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । जसका कारण उद्धारको काम हुन सकिरहेको छैन ।
प्राप्त पछिल्लो समाचारअनुसार भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पुरयाएको छ ।
यी प्रान्तमा नै १० व्यक्तिको मृत्यु भएको छ । साथै उक्त प्रान्त र अरु क्षेत्रमा गरी अन्य ११ जना वेपत्ता भएका छन् ।
हाल जारी प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौँ हेक्टर खेती लगाएको जमीन नै बगाएको छ ।
मौसमविद्ले अझै पनि भारी वर्षा हुने अनुमान गरेका छन् । गत वर्ष पनि भियतनाममा जारी प्राकृतिक प्रकोपका कारण ३८९ व्यक्तिको मृत्यु भएको थियो ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान