लन्डन । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक एवं रेफ्री रवीन्द्र मल्ल लन्डनमा सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले तेक्वान्दोका छैटौं डान मल्ललाई एक कार्यक्रमबीच सम्मान गरेको हो ।
मल्ल गत १४ देखि १५ जुलाईसम्म इष्ट लन्डनमा भएको ब्रिटिश तेक्वान्दो इन्टरनेशनल पुम्से च्याम्पियनसीप २०१८ मा निर्णायकको जिम्मेवारीमा लन्डन आएका थिए ।
सम्मानपछि मल्लले आयोजकप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको उपस्थिति उल्लेख्य हुन नसकेपनि आफूले निर्णायकको भूमिकामा देशलाई चिनाइरहेको बताए । राज्यले खेलाडीलाई हौसला र उचित वातावरण सृजना गरे अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता बढ्ने उनको धारणा थियो ।
संघका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले नेपालको चिनारी राख्ने खेलाडी र अफिसियललाई सबै क्षेत्रबाट हौसला प्रदान गर्न आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै संघका उपाध्यक्ष सुरज कार्कीले तेक्वान्दो प्रशिक्षक एवं रेफ्री मल्लको व्यक्तित्वबारे अवगत गराएका थिए ।
जापानमा अप्रिल तेश्रो साता भएको ओपन तेक्वान्दो च्याम्पियनसीपमा निर्णायक बनेका उनी छिट्टै दक्षिण कोरियासमेत जाने तयारीमा छन् ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना