
लन्डन । स्पेनको बार्सिलोना घर भइ नेपालमा समाजसेवा गर्दै आएकी एक जना समाजसेवी महिला आइना बार्कालाई लन्डनका नेपालीले स्वागत तथा सम्मान गरेका छन् । बार्कालाई खादा तथा पुष्पगुच्छ दिएर स्वागत र आर्थिक सहयोग पनि गरियो ।
पूर्वी लण्डनको रमफोर्ड निवासी समाजसेवी तथा साहित्यकार लारा (लक्ष्मी थापा राई) को संयोजकत्वमा शनिबार एसिया भिला रेस्टुरेन्टमा आयोजित कार्यक्रमबीच बार्कालाई पूर्वी लण्डन गोर्खा कम्युनिटीका अध्यक्ष मिमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष लालिता चोङबाङ, अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङ सहित संस्थाका अन्य सदस्यहरुले स्वागत तथा सम्मान गरे ।
विगत ६ वर्षदेखि नेपालको हेटौंडामा विकलाङ, शारीरिक अपांगता भएका बालबालिकालाई आफ्नै खर्चमा भवन निर्माण गरेर अध्ययन, खानपिन र वसोवासको सुविधा प्रदान गर्दै आएकी आइना केही समयका लागि लन्डन आएकी छिन् ।
कार्यक्रम संयोजक लाराको निम्तोमा केहि दिनका लागि बेलायत आएकी आइनाको प्रोजेक्टलाई एनआरएनए यूकेले समेत आर्थिक सहयोग दिने कार्यक्रम छ ।
कार्यक्रममा लाराले आइनाको बारेमा संक्षिप्त परिचय दिएकी थिइन् । कार्यक्रममा मिमकाजी गुरुङ, सुमलकुमार गुरुङ, ललिता चोङबाङ लगायत सहभागीले उनको महान कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए ।
छोटो समयमा गरिएको उक्त कार्यक्रममा सहभागीबाट करिब एकलाख रुपैयां संकलन गरि आइना बार्काको प्रोजेक्टलाई दिइयो । बार्काले आफ्नो परोपकारी कार्यक्रम र आफ्नो बारे सहभागीलाई अवगत गराउंदा सबै भावुक बनेका थिए । उनको क्रियाकलापका बारेमा तयार पारिएको छोटो भिडियो क्लिप पनि देखाइएको थियो । कार्यक्रममा लाराले जलपान प्रायोजन गरेकी थिइन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान