
लन्डन । लन्डन बस्दै आएका युवा लेखक रवि अर्यालको पहिलो उपन्यास ‘थेम्स डायरी’ बजारमा आएको छ ।
नेपालस्थित बुलबुल प्रकाशन प्रालिले प्रकाशन गरेको ‘थेम्स डायरी’ नेपाल र बेलायतमा समेत उपलब्ध भइसकेको छ । केहि समयभित्रै एक औपचारिक कार्यक्रम गरि आफ्नो कृति विमोचन गर्ने लेखक अर्यालले बताएका छन् ।
अध्ययनका लागि बेलायत आएका चार नेपाली युवा विद्यार्थीको कथामा आधारित छ थेम्स डायरी । विदेशमा अध्ययनरत विद्यार्थीको रुपमा उनीहरुको जीवनका प्रेम, सम्बन्ध, करिअर लगायत विविध पक्षमा आउने उतारचढावहरुको जीवन्त प्रस्तुति उपन्यासमा पाइन्छ ।
‘रोमान्टिक जेनर’ को उपन्यास थेम्स डायरीले धेरै पाठकको मन जित्न सफल हुने विश्वास लेखकको छ । लामो समयदेखिको लेखन रुचीलाई थेम्स डायरीका रुपमा पाठकमाझ अभिव्यक्त गर्न पाएकोमा अर्याल खुशी छन् ।
गुल्मी तुराङ स्थायी घर भएका अर्याल विगत ९ वर्षदेखि बेलायतमा बस्दै आएका छन् । उनले बेलायतको हेरियटवाट युनिभर्सिटीबाट एमएस्सीसम्मको अध्ययन पूरा गरेका छन् ।
विभिन्न पत्रपत्रिकामा समेत नियमित लेख, रचना र कथा प्रकाशित गर्दै आएका अर्यालले ‘थेम्स डायरी’ पढ्न चाहने बेलायतका पाठकहरुलाई फेसबुक पेजमा म्यासेज गरेर सम्पर्क गर्न अनुरोध गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा