
लन्डन । लन्डन बस्दै आएका युवा लेखक रवि अर्यालको पहिलो उपन्यास ‘थेम्स डायरी’ बजारमा आएको छ ।
नेपालस्थित बुलबुल प्रकाशन प्रालिले प्रकाशन गरेको ‘थेम्स डायरी’ नेपाल र बेलायतमा समेत उपलब्ध भइसकेको छ । केहि समयभित्रै एक औपचारिक कार्यक्रम गरि आफ्नो कृति विमोचन गर्ने लेखक अर्यालले बताएका छन् ।
अध्ययनका लागि बेलायत आएका चार नेपाली युवा विद्यार्थीको कथामा आधारित छ थेम्स डायरी । विदेशमा अध्ययनरत विद्यार्थीको रुपमा उनीहरुको जीवनका प्रेम, सम्बन्ध, करिअर लगायत विविध पक्षमा आउने उतारचढावहरुको जीवन्त प्रस्तुति उपन्यासमा पाइन्छ ।
‘रोमान्टिक जेनर’ को उपन्यास थेम्स डायरीले धेरै पाठकको मन जित्न सफल हुने विश्वास लेखकको छ । लामो समयदेखिको लेखन रुचीलाई थेम्स डायरीका रुपमा पाठकमाझ अभिव्यक्त गर्न पाएकोमा अर्याल खुशी छन् ।
गुल्मी तुराङ स्थायी घर भएका अर्याल विगत ९ वर्षदेखि बेलायतमा बस्दै आएका छन् । उनले बेलायतको हेरियटवाट युनिभर्सिटीबाट एमएस्सीसम्मको अध्ययन पूरा गरेका छन् ।
विभिन्न पत्रपत्रिकामा समेत नियमित लेख, रचना र कथा प्रकाशित गर्दै आएका अर्यालले ‘थेम्स डायरी’ पढ्न चाहने बेलायतका पाठकहरुलाई फेसबुक पेजमा म्यासेज गरेर सम्पर्क गर्न अनुरोध गरेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे