लन्डन । गोर्खा अगुवाहरुको एक टोलीले ब्रिटेनको सत्तारुढ पार्टीका एक प्रभावशाली सांसद डा. म्याथु अफोर्डलाई संसद भवनमै भेटेर गोर्खा अभियान तथा गोर्खालीहरुका समस्याहरुबारे अवगत गराएको छ ।
हालै लण्डनको बरो बार्नेटमा काउन्सिलर पदमा निर्वाचित लक्ष्य गुरुङको पहलमा मंगलबार भएको सो भेटघाटमा एकजना गोर्खा अभियानकर्ता ज्ञानराज राईले पेन्सन, ब्रिटेनमा बसोबास तथा १८ वर्ष नाघेका छोराछोरीलाई बेलायत ल्याउने संबन्धमा भूतपूर्व गोर्खा सैनिकहरुले भोग्नुपरिरहेका समस्याहरुबारे जानकारी गराएका थिए ।
उनले एक भूतपूर्व गोर्खा दम्पतीलाई बेलायतमै राख्दा ब्रिटिश सरकारलाई वर्षेनी झण्डै ३२,००० पाउण्ड खर्च लाग्ने तर ब्रिटिश सैनिक सरह नेपालमै पेन्सन दिंदा १०,००० पाउण्ड खर्च लाग्ने बताए ।
सो अवसरमा हेन्डनबाट निर्वाचित सांसद डा. अफोर्डले आफुले विगतमा पनि भूतपूर्व गोर्खा सैनिकहरुका समस्याहरुकाबारेमा संसदमा आवाज उठाएको बताए। उनले यस विषयमा छिट्टै रक्षा राज्यमन्त्री मार्क लङ्कास्टर, दक्षिण एसिया हेर्ने मन्त्री र ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपाल’ का अध्यक्ष सांसद वीरेन्द्र शर्मासंग पनि छलफल गर्ने बताए । उनले नवनिर्वाचित काउन्सिलर लक्ष्य गुरुङलाई बधाइ पनि दिएका थिए । काउन्सिलर गुरुङ एनआरएनएको गोर्खा सहयोग उपसमितिका अध्यक्ष पनि छन् ।
सोही अवसरमा प्रतिनिधिमण्डलका सबैभन्दा वरिष्ठ सदस्य सेवानिवृत्त मेजर मानबहादुर राईले गोर्खा संबन्धी एउटा पुस्तक तथा गत वर्ष गोर्खालीहरुको समस्याबारे अध्ययन गर्न सांसद ज्याकी डोयल प्राइसको नेतृत्वमा गठित समितिले तयार पारेको रिपोर्ट सांसद अफोर्डलाई प्रदान गरेका थिए ।
रेडिङ, नर्थहोल्ट, साउथ ह्यारो, बार्नेट तथा प्लमस्टिड क्षेत्रमा बसोबास गर्न भूतपूर्व गोर्खा सैनिकहरु सांसद अफोर्डलाई भेटन वेस्टमिन्स्टरस्थित संसद भवन गएका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे