लण्डन । संखुवासभा लाङघाली मगर परिवारको वार्षिक भेटघाट शनिबार आसफोर्डमा सम्पन्न भएको छ । वाप्पा कृष्णबहादुर केप्छाकी मगरबाट भगवान बुद्धको पूजापाठ गरी कार्यक्रम शुरु गरिएको थियो ।
कार्यक्रममा संखुवासभाली लाङघाली मगर परिवार साथै चेलीबेटी, ज्वाईंचेला, भान्जाभान्जी, भदाभदैनी, नातीनातिनी, पाहुना, कुलकुटुम्ब, नातागोता, ईष्टमित्रहरुको उपस्थिति थियो ।
आयोजक कमिटीको कोर्डिनेटर उत्तरबहादुर मगरले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सिनियर (वाप्पा) कृष्ण बहादुर केप्छाकी मगरले गर्नु भएको थियो ।
समाजसेवी अग्रज पदम बहादुर बलाम्पाकी मगरको शुभकामना मन्तब्यबाट शुरु भएको कार्यक्रमको विशेष अतिथि, अतिथिमा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक तथा संखुवासभा समाज बेलायतका प्रमुख सल्लाहकार गणेश राना, संखुवासभा समाज बेलायतका भूपू अध्यक्ष तथा सल्लाहकार जीवनप्रकाश राई, तेह्रथुम समाज युकेका भूपू वरिष्ठ उपाध्यक्ष टंक आले, संखुवासभा समाज बेलायतका वरिष्ठ सल्लाहकार नर बहादुर बलम्पाकी, संखुवासभा समाज बेलायतका उपाध्यक्ष हेमा (गुरुङ) राना, संखुवासभा समाज बेलायतका उप-महासचिव भीमबहादुर आले, संखुवासभा समाज कोरियाको भूपू उपाध्यक्ष जीवन मास्की राना मगर लगायत संखुवासभा लाङघाली मगर परिवारको वरिष्ठ महानुभावहरु जित बहादुर थापा, मीन गान्छाकी, केदार आले, रबिन्द्र थापा हुनुहुन्थ्यो ।
कार्यक्रममा विशेष अतिथि, अतिथिहरुले शुभकामना मन्तब्य दिनु भएको थियो भने उच्च शिक्षा हासिल गरेका संखुवासभा लाङघाली मगर परिवारको छोराछोरीलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट भएका एवम् सैनिक पेशामा बढुवा प्राप्त गर्ने सबैलाई सम्मान गरिएको थियो । संखुवासभा लाङघाली मगर परिवार युकेलगायत देश विदेशमा रहेका संखुवासभाली लाङघाली मगरहरुको सहयोगमा जिल्लाको सदरमुकाम खाँदबारीमा निर्माण भएको मगर भवनको बारेमा जित थापाले प्रकाश पार्नु भएको थियो ।
उत्तर मगरले मगर भवनको निर्माणको लागि सहयोग गर्नुहुने मनकारी महानुभावहरूको नाम पढेर सुनाउनु भएको थियो ।
बिबिक्यू साथै स्वादिष्ट भोजन र बिभिन्न पेय पदार्थ निशुल्क ब्यवस्थापन हेमकला मगर, गीता बलम्पाकी, अमर मगर, शान्ति आले, जीवन बराहीमगर लगायत आस्फोर्डवासीले गर्नु भएको थियो ।
पूर्वी नेपालको सांस्कृतिक गहना, मगरहरुको मौलिक नृत्य, नेपालको बहुचर्चित हुर्रा नाचबाट शुरु भएको सांस्कृतिक कार्यक्रमको डिजे कुमार बलम्पाकी हुनुहुन्थ्यो ।
संखुवासभा जिल्लाको अरुण उपत्यकाको लोकप्रिय चर्चित गीत गुञ्जनका साथ रमाईलो नाचगान वेलुकी ८ बजे सम्म चलेको थियो भने अर्को वर्ष २०१९ को जुलाई ६ तारिख शनिबार भेटघाट गर्ने वाचासहित कार्यक्रम समापन गरिएको थियो ।
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक