काठमाडौँ-बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि शुक्रबार २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ ।
आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् । उनीहरुले पुनरागमन गरेका हुन् ।
त्यसैगरी हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् ।
नेपालले आगामी २९ जुलाई (साउन १३ गते) टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्नेछ । उक्त प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।
ललित स्मृति राष्ट्रिय फुटबल- ब्रिगेड ब्वाइजलाई उपाधि
ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ललित स्मृति अठार वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल भिडन्तमा ब्रिगेड ब्वाइजले आर्मीलाई १–० ले गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
बिग्रेड ब्वाइजको जीतमा अनुप गुरुङले गोल गरे । उनले खेलको ८७ औँ मिनेटमा गरेको एक गोल नै बिग्रेड ब्वाइजका लागि निर्णायक भयो । जीतसँगै ब्रिग्रड ब्वाइजले रु तीन लाख हात पारयो । त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले भने रु एक लाख ५० हजार पायो । गत जेठ २९ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा ए डिभिजनका १४ क्लबसहित १८ टोलीको सहभागिता थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’