
लन्डन । तेह्रथुम समाज युकेले युवाहरुको उल्लेख्य सहभागितामा गत शनिबार वार्षिक भेटघाट कार्यक्रम गरेको छ । समाजले युवालाई आकर्षित गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रमका अवसरमा ‘ट्यालेन्ट हन्ट’ को पनि आयोजना गरयो । समाजकै भातृसंस्था तेह्रथुम युथ सोसाइटीले संयोजन गरेको ट्यालेन्ट हन्टमा बेनुका फोम्बोले उत्कृष्ट नृत्य गरि प्रथम पुरस्कार जितिन् ।
सबै उमेर समूहका प्रतिभाहरुले भाग लिएको प्रतियोगितामा भवानी लिम्बुको समूहले च्याब्रुङ नृत्यमा दोश्रो पुरस्कार र नेपाली गीतमा नृत्य गरेर रेशा लिम्बुले तेश्रो पुरस्कार जिते । विजेताले प्रथम पुरस्कार ६०० पाउण्ड, दोश्रो पुरस्कार चारसय पाउण्ड र तेश्रो २०० पाउण्ड पाए ।
अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न उक्त ट्यालेन्ट हन्टमा तेह्रथुमबाट युके आएका वयोवृद्ध नरबहादुर लिम्बूको प्रमुख अतिथि थिए । प्रतियोगितामा चर्चित गायक दीपक लिम्बु, तारा लक्सम, शुसी गुरुङ र प्रनेश लिम्बुले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
बेलायतमा स्थायी बसोवासपछि आफ्नो संस्कार र संस्कृति हराउन लागेको भन्दै चिन्तित युवाहरुले कार्यक्रमको सोच ल्याएपछि समाजले यस्तो प्रतियोगिताको चांजोपांजो मिलाइदिएको हो ।
कार्यक्रममा इलाम समाज युकेका अध्यक्ष गोपाल गिरी, ताप्लेजुङ समाज युकेका उपाध्यक्ष यामबहादुर आङ्बोहाङ, पाँचथर समाज सेवा युकेका अध्यक्ष चन्द्र सुन्दास लगायत सहभागी थिए ।
तेह्रथुम समाज युकेका अध्यक्ष सुर्य खापुङको सभापतित्व रहेको कार्यक्रमको पहिलो सत्र संस्थाका महासचिव डम्मर लिम्बुले सञ्चालन गरेका थिए । प्रतियोगिता सञ्चालन एलिना इम्सङ र सिकुम हुक्पाचोङबाङले गरेका थिए ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग