
लन्डन । तेह्रथुम समाज युकेले युवाहरुको उल्लेख्य सहभागितामा गत शनिबार वार्षिक भेटघाट कार्यक्रम गरेको छ । समाजले युवालाई आकर्षित गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रमका अवसरमा ‘ट्यालेन्ट हन्ट’ को पनि आयोजना गरयो । समाजकै भातृसंस्था तेह्रथुम युथ सोसाइटीले संयोजन गरेको ट्यालेन्ट हन्टमा बेनुका फोम्बोले उत्कृष्ट नृत्य गरि प्रथम पुरस्कार जितिन् ।
सबै उमेर समूहका प्रतिभाहरुले भाग लिएको प्रतियोगितामा भवानी लिम्बुको समूहले च्याब्रुङ नृत्यमा दोश्रो पुरस्कार र नेपाली गीतमा नृत्य गरेर रेशा लिम्बुले तेश्रो पुरस्कार जिते । विजेताले प्रथम पुरस्कार ६०० पाउण्ड, दोश्रो पुरस्कार चारसय पाउण्ड र तेश्रो २०० पाउण्ड पाए ।
अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न उक्त ट्यालेन्ट हन्टमा तेह्रथुमबाट युके आएका वयोवृद्ध नरबहादुर लिम्बूको प्रमुख अतिथि थिए । प्रतियोगितामा चर्चित गायक दीपक लिम्बु, तारा लक्सम, शुसी गुरुङ र प्रनेश लिम्बुले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
बेलायतमा स्थायी बसोवासपछि आफ्नो संस्कार र संस्कृति हराउन लागेको भन्दै चिन्तित युवाहरुले कार्यक्रमको सोच ल्याएपछि समाजले यस्तो प्रतियोगिताको चांजोपांजो मिलाइदिएको हो ।
कार्यक्रममा इलाम समाज युकेका अध्यक्ष गोपाल गिरी, ताप्लेजुङ समाज युकेका उपाध्यक्ष यामबहादुर आङ्बोहाङ, पाँचथर समाज सेवा युकेका अध्यक्ष चन्द्र सुन्दास लगायत सहभागी थिए ।
तेह्रथुम समाज युकेका अध्यक्ष सुर्य खापुङको सभापतित्व रहेको कार्यक्रमको पहिलो सत्र संस्थाका महासचिव डम्मर लिम्बुले सञ्चालन गरेका थिए । प्रतियोगिता सञ्चालन एलिना इम्सङ र सिकुम हुक्पाचोङबाङले गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त