काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटको बल लागेर निधन भएका अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको सम्मानमा ६३ ओभरको खेल र उनको ब्याटलाई सगरमाथाको शिखरमा पुर्याउने भएको छ। 
अस्ट्रेलियाको मेलवर्नमा जारी भारत र अस्ट्रेलियाली टेस्टको भोजनको समयमा बोल्दै क्रिकेट अस्ट्रेलियाका अध्यक्ष वली एड्वार्डले क्यानले गरेको प्रस्तावको बारेमा जानकारी गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उनले नोभेम्बरमा ह्युजको निधनको दु:खत घटनाले विश्वभरका क्रिकेट प्रेमीहरुलाई कसरी छोएको रहेछ भनेर देखाएको बताए। क्यानले अर्को वर्षको अप्रिल /मे मा ६३ ओभरको खेल र सगरमाथाको शिखरमा ह्युजले खेल्दा लगाउने लुगा, ब्याट र क्रिकेट अस्ट्रेलियाको झण्डा लैजाने प्रस्ताव गरेको छ। अध्यक्ष एडवार्डले ह्युजको स्मृतिमा आयोजना गर्ने कार्यक्रम सहज ढंगले होस भनेर नेपाली समकक्षीहरुसँग काम गर्ने बताएका छन्। ह्युजको परिवारले पनि क्यानको कार्यक्रम सफल होस भनेर कामना गरेका छन्।
नोभेम्बर महिनामा अस्ट्रेलियाको आन्तरिक प्रतियोगितामा बाउन्सर बलले लागेर ह्युजको निधन भएको थियो। बलले लाग्दा ह्युज ‘६३ रन नट आउट’ थिए। ह्युजको स्मृतिमा कुनै प्रकारको अनियमितता नहोस भनेर अस्ट्रेलिया क्रिकेटले ‘६३ नट आउट’ शब्दालवीको ट्रेडमार्क दर्ता समेत गरेको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी