लन्डन । नेपाली युथ एशोसिएसनको आयोजनामा यही ११ अगष्टमा ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ ।
उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ फुटबल र १२ भलिबल टोलीको सहभागिता रहने एशोसिएसनका उपसभापति राजन खकुरेलले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछन् । दोश्रो हुनेलाई ८०० नगद सहित मेडल प्रदान गरिनेछ भने सेमिफाइनलमा पुग्ने टिमलाई २०० नगद प्रदान गरिनेछ । फुटबल संयोजक अमिर गुरुङ छन् ।
एशोसिएसनका सभापति लक्ष्मन गुरुङ अनुसार उक्त कार्यक्रम फुटबल र भलिबल प्रतियोगितामा मात्र सिमित नभएर अरु थुप्रै मनोरन्जनात्मक खेल, खानाको स्टल, सांगीतिक कार्यक्रम तथा बालबच्चाहरुलाई खेल्ने ठाउँको पनि व्यवस्था गरिएको छ । सो प्रतियोगिता बेलायतमा हुने अरु प्रतियोगिता भन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ ।
संस्थाका उपसभापति डा. सुदर्शन गुरुङले साउथइष्ट लन्डनकै सबै भन्दा आकर्षक फुटबल र भलिबल प्रतियोगितालाई सबै संघसंस्था मिलेर सफल पार्न अपिल गरेका छन् । आयोजक समितिले प्रतियोगिताको तयारी भव्यताका साथ अगाडी बढाइरहेको भलिबल खेलका संयोजक मन्दिप केसीले जानकारी दिए । भलिबल प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित £७५० नगद प्राप्त गर्नेछ । २०१६ भलिबल चाल्टर्नले क्लबले जितेको थियो भने २०१७ मा रेडिङले जित हासिल गरेको थियो ।
संस्थापक सभापति हयारी गुरुङले बेलायतमा ग्रीनवीच कपको छुटै पहिचान भएकाले सौहार्दपूर्ण तरिकाले प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण कार्यसमितिलाई शुभकामना दिए ।
ग्रीनवीच कप सकिसकेपछि नेपाली युथ एशोसिएसनको आयोजनामा डाँफे रेस्टुरेन्ट एण्ड बारमा सांगीतिक फेस्टिवल पनि हुंदैछ ।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]