लन्डन । वृद्धवृद्धाको रेखदेखमा समर्पित दमकस्थित एक आश्रमको सहयोगार्थ लन्डनमा च्यारिटी डिनर हुने भएको छ ।
आगामी जुलाई १३ तारिख लन्डनस्थित हयारो बरो फुटबल क्लबमा च्यारिटी डिनर हुन लागेको हो । कार्यक्रममा नेपालबाट आएका चर्चित गायक एवं पहिलो नेपाली तारा दिपक लिम्बुको प्रस्तुतिसहित गीत-संगीत र डिनर राखिने छ ।
नेपालको मेची अञ्चल दमक नगरपालिका ९ स्थित रत्न आश्रमको सहयोगार्थ च्यारिटी गर्न लागिएको जनाउंदै उक्त आश्रमकी सञ्चालिका श्रीमती मन सुनुवार आलेले सहयोगका लागि सबैमा अपिल गरेकी छन् । उनले कार्यक्रममा सहभागी भई आर्थिक सहयोग वा प्रायोजन गरेर आफ्नो पवित्र उद्देश्यमा साथ दिन आग्रह गरिन् ।
‘शुरुतिर समाजसेवाको तीव्र आकांक्षाले आफ्नै लगानीमा आश्रम निमार्ण गरेर दुई चार जना बेसहारा र असहाय आमाबाबाको सेवा गर्दै आएकी थिएं । तर, अहिले वृद्धबृद्धाको संख्या बढ्ने क्रम जारी भएकाले केही सहयोगको अपेक्षासहित च्यारिटी डिनर गर्न लागिएको हो’, मन सुनुवारले भनिन् । उनले अगाडि भनिन्, ‘हुन त बेलायतमा धेरै संघसंस्था छन् र ति सबैले च्यारिटी गर्दा धान्नै नसकिने अवस्था पनि छ । यद्यपि, एक थुकी सुकी सय थुकी नदी… भने जस्तो थोरै सहयोगले पनि हाम्रो आमा बाबालाई केहि राहत होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेको हुं ।’
पहिले आफूले मात्र आश्रम चलाउने सोच लिएको भएपनि अहिलेको अवस्थामा यसलाई एउटा संस्थाकै रुपमा लैजाने योजना सुनुवारले सुनाइन् ।
उक्त च्यारिटीका लागि लक्ष्मी राई (लारा), उमेश मोक्तान, शशीधर नेपाल, रस्मिता दर्लामी, सुशीला कार्की, शशी थापा सुब्बा लगायतले प्रत्यक्ष सहयोग गरिरहेका छन् ।
उक्त कार्यक्रमका लागि ए स्टार फाइनान्सियल सर्भिसेस्, नेपाल रेष्टुरेन्ट, कृष्ण भट्ट एबीआइ कलेज, गोर्खा ग्रोसरी स्कटल्याण्ड, विकास नेपाल (नेपाल फुड्स), काठमाडौं कर्नर/केटिएम ट्राभल्स एन्ड टुर्स, नेपाली टिभी आदिले प्रायोजन गरेका छन् ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय