लण्डन- गोरखा च्यानलद्वारा प्रसारित कार्यक्रम दम्पतीको नयाँ संस्करण ‘सिजन टु’ मंगलबार औपचारिक रुपमा शुरु भएको छ ।
लण्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न दम्पतीको पहिलो शोमा एनआरएनए युकेका अध्यक्ष योग फगामी र श्रीमती शर्मिला फगामी पुर्जाको कार्यक्रम प्रशारण गरियो । फगामी दम्पतीका स्वयम उपस्थित भएर अन्य आगन्तुकका साथ शो प्रत्यक्ष प्रशारण हेरेका थिए ।
शो पछि प्रतिकृया दिंदै उनले कार्यक्रमले बेलायतमा रहेका नयाँ पुस्तालाई समेत आफनो परिवारबारे थाहा हुने भएकोले महत्वपूर्ण र सन्देशमूलक भएको बताए ।
श्रीमती शर्मिला फगामीले आफूले सोचे भन्दा पनि रोमान्चक तरिकाले कार्यक्रम प्रस्तुत गरिएकोमा धन्यवाद दिइन् ।
एनआरएनए युकेका महासचिव आरके त्रिपाठीले कार्यक्रमले बिभिन्न बिधाका व्यक्तिहरुको पारिवारिक जीवन उजागर गरेकोमा प्रशंसा गरे ।
कलाकार शशी सुव्वाले कार्यक्रमले पहिलो पुस्ताको बिगतसंग नयाँ पुस्तालाई परिचित गराउने भएकोले यो महत्वपुर्ण भएको बताइन् ।
देव गुरुङ निर्माता रहेको युरोपको दम्पतिको रुपमा विगत चार वर्षदेखि प्रशारित कार्यक्रम गोर्खा च्यानलकी डाइरेक्टर बिमला सेनेले सञ्चालन गर्दै आएकी छिन् । ‘सिजन टु’ को क्यामेरा, सम्पादन र निर्देशन भने दिनेशकुमार परियारले गर्दै आएका छन् ।
गोर्खा स्टुडियो युकेले उत्पादन गर्ने यस कार्यक्रम हरेक मंगलबार सांझ ८ बजे गोर्खा च्यानलबाट प्रशारण हुनेछ । कार्यक्रम गोर्खा च्यानलका साथै क्यानडा नेपाल र बेलायतका नेपाली मिडियामा हेर्न सकिने निर्माण पक्षको दावी छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे