लन्डन । दुवै मिर्गौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसांधमा पुगेका २३ वर्षीय पासाङ शेर्पाको जीवन बचाउन युकेमा पहल शुरु भएको छ । युकेको ब्लाण्डफोर्डमा बसोबासरत गोरखा सैनिककी श्रीमती मिङ्मा शेर्पाले पासाङ बचाउ अभियान शुरु गरेकी हुन् ।
संखुवासभा जिल्ला (तत्कालिन पाथीभरा गाविस वडा नं १) बस्ने पासाङ एक वर्षदेखि मिर्गौला रोगबाट पीडित छन् । खांदवारीको हिमालय उच्चमाध्यमिक विद्यालयमा प्लस टु अध्ययन गरिरहेका पासाङ मिर्गौला रोगकै कारण पढाइ छोड्न वाध्य भएका छन् ।
पढाइका लागि विद्यालय जानुको साटो उपचारका लागि काठमाडौंको अस्पताल चहार्नु उनको दिनचर्या बनेको छ । उनका लागि पढेर भविष्य उज्ववल बनाउनु होइन्, तत्कालका लागि जीवन दान पाउनु प्राथमिक कार्य बनेको छ ।
पासाङको अवस्थाका बारेमा जानकारी पाएपछि मिङ्मा शेर्पाले अहिले गो फण्डमी डटकममा सेभ पासाङ पेज खोलेर सहयोग संकलन शुरु गरेकी छिन् । अहिलेसम्ममा सो पेजमार्फत करिब ९०० पाउण्ड जम्मा भएको छ भने शेर्पा संघ युके मातहतबाट करिव १ हजार पाउण्ड संकलन भएको छ ।
अहिले हप्तामा दुईपटक पासाङ डायलसिस गराइरहेका छन् । दीर्घकालका लागि मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले परामर्श दिएका छन् । उनको परिवारले एउटा मिर्गौलाको व्यवस्था पनि गरिसकेका छन् । हाल नेपालमै प्रत्यारोपण हुने भएकाले करिब पांचलाख रुपियांले पुग्ने आंकलन छ ।
मिङमाले बांकी रकम संकलनका लागि ब्लाण्डफोर्ड क्षेत्रको मेलामा फेस पेन्टिङ, फेसियल, थ्रेडिङ लगायतका कार्य गर्ने योजना बनाएकी छिन् । यस्तै, नेपाली चलचित्र ल्याएर आर्मी क्याम्पमा देखाउने पनि उनको सोचाइ छ ।
‘मैले पासाङलाई पहिले चिने जानेको थिइन् । उनी बिरामी भएको थाहा पाएपछि एउटा २३ वर्षीय युवा जसले संसार देख्न र जीवन भोग्न पाएकै छैन् उसलाई हामीले एक दिनको खाजा खर्च कटाएर बचाउन सक्छौं भने किन नगर्ने भन्ने लाग्यो’- उनले सहयोग संकलनमा लाग्नुको कारण दिइन् ।
पासाङलाई सहयोग गर्न चाहनेहरुले तलको लिंकमा गएर सहयोग गर्न सक्नेछन् ।
https://www.gofundme.com/savepasang
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे