लण्डन । लण्डनको बर्न्टओकमा बसोबास गर्ने नेपालीहरुले लण्डनबाट नजीकै रहेको सेन्ट एल्बान्सस्थित भेरुलमियम पार्कमा शनिबार रमाइलो गर्दै बिताए।
बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै एकसय जनाले सपरिवार बार्बेक्यु, नाचगान र विभिन्न कार्यक्रमहरु गरी रमाइलो गरेका थिए।
उक्त अवसरमा बोल्दै समाजका अध्यक्ष उदय गुरुङले बर्न्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन घुमघाम कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँले संस्थाले युवाहरुलाई सहभागी गराएर फुटबल लगायतका कार्यक्रमहरु गर्ने गरेकेा पनि बताउनुभयो।
साना नानीहरुकालागि नेपाली भाषा कक्षा सन्चालन गर्न र नेपाली कला तथा संस्कृति नयाँ पुस्तालाई हस्तान्तर गर्न समाजले काम गरिरहेको पनि उहाँले जनाउनुभयो।
त्यस्तै बार्नेट काउन्सिलका नवनिर्वाचित काउन्सिलर लक्ष्य गुरुङले बेलायतमा बसोबास गर्ने नेपाली समुदायले मेनस्ट्रीममा सहभागी नभएसम्म पछाडि पर्ने आफुले अनुभव गरेकेा बताउनुभयो।
उहाँले ब्रिटिश सरकारका गृहमन्त्री सादिक जावीद तथा लण्डन मेयर सदिक खानको उदाहरण दिंदै ब्रिटेनस्थित नेपाली युवाहरु भोलि त्यस्तै स्थानमा पुग्न बाटो खोल्ने उद्देश्यले आफु राजनीतिमा प्रवेश गरेको बताउनुभयो।
उहाँले गत मे ३ तारिखमा सम्पन्न स्थानीय चुनावमा आफुलाई विजयी गराउन सघाउने सबैलाई धन्यवाद पनि दिनुभयो।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक