लण्डन । लण्डनको बर्न्टओकमा बसोबास गर्ने नेपालीहरुले लण्डनबाट नजीकै रहेको सेन्ट एल्बान्सस्थित भेरुलमियम पार्कमा शनिबार रमाइलो गर्दै बिताए।
बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै एकसय जनाले सपरिवार बार्बेक्यु, नाचगान र विभिन्न कार्यक्रमहरु गरी रमाइलो गरेका थिए।
उक्त अवसरमा बोल्दै समाजका अध्यक्ष उदय गुरुङले बर्न्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन घुमघाम कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँले संस्थाले युवाहरुलाई सहभागी गराएर फुटबल लगायतका कार्यक्रमहरु गर्ने गरेकेा पनि बताउनुभयो।
साना नानीहरुकालागि नेपाली भाषा कक्षा सन्चालन गर्न र नेपाली कला तथा संस्कृति नयाँ पुस्तालाई हस्तान्तर गर्न समाजले काम गरिरहेको पनि उहाँले जनाउनुभयो।
त्यस्तै बार्नेट काउन्सिलका नवनिर्वाचित काउन्सिलर लक्ष्य गुरुङले बेलायतमा बसोबास गर्ने नेपाली समुदायले मेनस्ट्रीममा सहभागी नभएसम्म पछाडि पर्ने आफुले अनुभव गरेकेा बताउनुभयो।
उहाँले ब्रिटिश सरकारका गृहमन्त्री सादिक जावीद तथा लण्डन मेयर सदिक खानको उदाहरण दिंदै ब्रिटेनस्थित नेपाली युवाहरु भोलि त्यस्तै स्थानमा पुग्न बाटो खोल्ने उद्देश्यले आफु राजनीतिमा प्रवेश गरेको बताउनुभयो।
उहाँले गत मे ३ तारिखमा सम्पन्न स्थानीय चुनावमा आफुलाई विजयी गराउन सघाउने सबैलाई धन्यवाद पनि दिनुभयो।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय