
लन्डन । पासा पुचः गुठी साउथ इष्ट लन्डनको अध्यक्षमा सुशील प्रजापति चयन भएका छन् । प्लमस्टिड कमन वर्किंङ मेन्स क्लवमा आइतबार सम्पन्न ७ औं अधिवेशनले प्रजापतिलाई सर्वसम्मत पुनः अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा माधवलाल श्रेष्ठ, मदन श्रेष्ठ र रिता श्रेष्ठ, महासचिवमा नगेन्द्र श्रेष्ठ, सचिवमा भिम लक्ष्मी शाक्य, सांस्कृतिक सचिवमा विनोद चिपालु, सांस्कृतिक सहसचिव सत्य प्रसाद प्रजापति, कोषाध्यक्षमा दुर्गाप्रसाद श्रेष्ठ र सह कोषाध्यक्षमा सोनी श्रेष्ठ चयन भए ।
त्यसैगरि, कार्यसमिति सदस्यहरुमा धनमाया महर्जन, इश्वर महर्जन, रमेश जोशी, कृष्ण वैद्य र राजकुमार शाक्य चयन भएका छन् । थप केही सदस्य पछि मनोनित गरिने जनाउंदै इच्छुकलाई सम्पर्क गर्न गुठीले आव्हान गरेको छ । नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई डा. सचेतन तुलाधरले शपथ गराएका थिए । नयां कार्यसमिति चयनका लागि प्रमुख निर्वाचन आयुक्त कपिल श्रेष्ठ, निर्वाचन सचिव डा. सचेतन तुलाधर, सदस्यहरु ओजेश सिंह, जानकी कायस्थ, पर्यवेक्षकहरु संयुक्त श्रेष्ठ र रमेश श्रेष्ठले विशेष भूमिका निर्वाह गरेका थिए ।
एकसय ८ जना सहभागी उक्त अधिवेशनमा प्रमुख अतिथी पासा पुच गुठी यूकेका अध्यक्ष कुमार श्रेष्ठ थिए भने अतिथीहरुमा पासा पुच गुठी यूके लन्डनका अध्यक्ष कपिल श्रेष्ठ, पासा पुच गुठी यूकेका केन्द्रिय उपाध्यक्षहरु ओजेश सिंह र जानकी कायस्थ, पासा पुच गुठी यूके पूर्व उपाध्यक्ष संयुक्त श्रेष्ठ, पासा पुच गुठी यूके कार्यकारी सदस्य सचेतन तुलाधर, पासा पुच गुठी यूके साउथ इष्ट लन्डनका पूर्व अध्यक्षहरु देवेन्द्र श्रेष्ठ, मनिष श्रेष्ठ, चुत्र बहादुर श्रेष्ठ, सल्लाहकारहरु दीपक श्रेष्ठ, अम्मा मल्ल, सचिन श्रेष्ठ, जोन नकमी, विजय बज्राचार्य, कुमार जोशी लगायत थिए ।
नेपाली तथा ब्रिटिश राष्ट्रिय गानबाट शुरु अधिवेशन प्रमुख अतिथी कुमार श्रेष्ठ र पासा पुचः गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशील प्रजापतिले उद्घाटन गरे । उक्त अवसरमा सत्यप्रसाद प्रजापति र सोनी श्रेष्ठले धिमे बाजा बजाएका थिए ।
कार्यक्रममा चुत्रबहादुर श्रेष्ठले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिए भने महासचिव नगेन्द्र श्रेष्ठले स्वागत मन्तव्यसहित वार्षिक प्रतिवेशन र कोषाध्यक्ष बुद्धि श्रेष्ठले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
अधिवेशनमा नेवारी खाना र सांस्कृतिक प्रस्तुति समेत समावेश थियो । सो अवसरमा संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय