अल्डरसट । पञ्चासे हर्पनडांडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम गत शनिबार अल्डरउड लेजर सेन्टर, अल्डरसटमा सम्पन्न भएको छ । अध्यक्ष डमरकाजी गुरुङ र सिनियर मेम्बर प्रेम बहादुर गुरुङले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । अध्यक्षको छोटो मन्तब्यपछि बधाई कार्यक्रम अगाडि बढेको थियो ।
तीनसय भन्दा बढीको सहभागिता रहेको भेटघाट कार्यक्रम सञ्चालन शोभा गुरुङ र प्रकाश गुरुङले गरेका थिए । कार्यक्रमको शुरुमा उपाध्यक्ष देउकाजी गुरुङले ‘सेफ्टी ब्रीफ’ गरे । कार्यक्रम निकै रमाइलो माहोलमा सम्पन्न भयो । बेलायतमा मौसमका कारणले पनि होला, प्राय भेटघाट कार्यक्रम समरमा नै गरिन्छ । वर्षको एक दिन आफन्त भेट्ने, रमाइलो गर्ने र केही च्यारिटीका लागि रकम जम्मा गर्ने राम्रो मौकाका रुपमा पनि भेटघाटलाई लिइन्छ ।
समाजले विशेषगरि आफ्नै गाउंमा आपतविपतका बेला मद्दत गर्दै आएको छ । समाजले अक्षयकोषका लागि १३ लाख रुपैयांभन्दा बढी रकम बेलायतबाट आफ्नो गाउंमा पठाइसकेको छ ।
उक्त कार्यक्रममा पनि अक्षयकोषका लागि श्रीमती विमला र उदय गुरुङबाट २०० पाउण्ड, बीरबहादुर गुरुङबाट १७५ पाउण्ड र प्रेम बहादुर गुरुङबाट १०० पाउण्ड प्राप्त भएको छ ।
कार्यक्रमको राफल ड्रमा १ तोला सुन, १०० पाउण्ड र ५० पाउण्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कारमा राखिएको थियो । साथै प्रत्येक पुरस्कारसंगै आर्ट स्टुडेण्ट सन्ध्या गुरुङबाट बनाइएको ल्याण्डस्केप पेन्टिङ पनि दिइएको थियो । राफल ड्रका पुरस्कारहरु १ तोला सुन मे. देव गुरुङ अनि १०० र ५० पाउण्ड क्रमशः प्रकाश गुरुङ र लाल बहादुर घलेले स्पोन्सर गरेका थिए । राफलबाट उठेको ८८० पाउण्ड पनि नेपालमा रहेको अक्षयकोषका लागि प्रदान गरिने अध्यक्षले जानकारी दिए ।
भेटघाट कार्यक्रमका लागि २८ जना स्पोन्सरहरुबाट ३५०० पाउण्ड प्राप्त भएको थियो भने अक्षय कोषका लागि १ हजार २५५ संकलन भएको संस्थाका कोषाध्यक्ष रवि गुरुङले जनाए ।
कार्यक्रम सफल बनाउन देव घलेले पेय पदार्थ, खुशीमान गुरुङले नाच र पिउने पानी, दिल गुरुङले पीए सिस्टम र अन्य धेरैले नगद स्पोन्सर गरेका थिए । कल्पना गुरुङ र कृष्णा गुरुङले छोराहरुको विवाह सम्पन्न भएको खुशीयालीमा समाजलाई ३०० पाउण्ड दिए । त्यस्तै दल प्रसाद गुरुङले पनि छोरीको विवाह भएको खुशीयालीमा २०० पाउण्ड दिए । अक्सफोर्ड विश्व विद्यालयबाट आर्थिक र राजनीति दर्शनमा स्नातक गरेकी बेलिन्द गुरुङ र पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक हासिल गरेकी साझना देवी गुरुङलाई खादा लगाएर वधाई दिइयो । जिसिएसइमा राम्रो ग्रेडिङ ल्याएकी लाजु गुरुङलाई समेत वधाई दिइएको थियो ।
त्यस्तै कार्यक्रममा विवाह बन्धनमा बांधिएका नव दम्पत्तिहरु जिवन र शुष्मा गुरुङ, निरज र सृष्टि गुरुङ, नितु र योगराज गुरुङ, निशा र आत्मजंग गुरुङ, दिपा र सरोज गुरुङलाई फूलको गुच्छा र खादा लगाइ वधाई दिइयो ।
गैरआवासीय नेपाली संघ युकेकी उपाध्यक्ष पुनम गुरुङ र आमा समूह तमु समाज युके अध्यक्ष बिन्दु घले कार्यक्रममा वधाईका पात्र थिए । कार्यक्रममा सार्जेन्ट पदमा बढुवा भएका सुन्दर गुरुङ, फायरवर्क मास्टर तथा तमुधिं युकेका महासचिव कृष्ण गुरुङ र ८० वर्ष पुगेका ६ जना सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।
बृद्धबृद्धाहरुलाई सिनियर मेम्बर प्रेमबहादुर गुरुङ र अन्यलाई अध्यक्षकी श्रीमती गीता गुरुङले समाजको तर्फबाट बधाई सम्मान गरे । सो अवसरमा विभिन्न नाच प्रस्तुत गरिएको थियो । कार्यक्रम सफल बनाउन धेरैले साथ दिए । अध्यक्ष गुरुङले प्रायोजक र सहयोगी सबैप्रति धन्यवाद दिएका थिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे