लन्डन । बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि (एचपिआरआर) पशुपति भण्डारीले पद त्यागको घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ति प्रकाशित गरि भण्डारीले आफ्नो दुई वर्षे कार्यकाल चार महिनाअघि नै समाप्त भएको जनाउंदै अब पद बाहिरै रहेर नेपालको पर्यटन प्रवर्धनमा क्रियाशिल रहने बताएका छन् ।
‘निरन्तरताका लागि बारम्बार अनुरोध आएपनि एउटै व्यक्ति उही पदमा रहिरहन राम्रो हुंदैन’, भण्डारीले भने, ‘अरु इच्छुक साथीहरुलाई यस जिम्मेवारीमा रहेर काम गर्न सहज होस् भन्ने हिसावले मैले बाटो खुल्ला गरिदिएको हो । म अब बाहिरै बसेर काम गर्नेछु ।’
उनले आफ्नो कार्यकाल सुःखद र उपलव्धि मुलक रहेको जनाउंदै नेपाल पर्यटन बोर्ड, लन्डनस्थित नेपाली दूतावास र नेपाली समुदायप्रति आभार समेत व्यक्त गरेका छन् । ‘मैले देशको पर्यटन प्रवर्धनका लागि आफ्नो क्षमताले भ्याएसम्म काम गरें भन्ने लाग्छ’, उनले भनेका छन्, ‘मैले स्वयंसेवी जुन भूमिका पाएं, त्यसबाट प्राप्त अनुभव ज्यादै अविष्मरणीय छ ।’
महाभूकम्पपछि धेरै उतारचढाव सामना गर्नुपरे पनि पर्यटक संख्या बढाउन र नेपालको पर्यटन तथा अर्थतन्त्रको विकासमा सक्दो योगदान दिएको भण्डारीले स्मरण गरे । भण्डारीले बेलायत नेपाल सम्वन्ध अझ प्रगाढ बनाउन आफ्नो पहल जारी रहने पनि उल्लेख गरेका छन् ।
उनको राजीनामा पत्र यस्तो छ-
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा