लण्डन, १ असार – स्टेफन हकिङ्गसको अस्तुलाई बेलायती वेस्ट मिनिस्टर आवेमा सेलाइएपछि उहाँले बेलायतका सुप्रसिद्ध वैज्ञानिकहरूको स्थान पाउनुहुने भएको छ । उहाँको अस्तुलाई चाल्स डार्विन र आइज्याक न्यूटनको समाधिको बीचमा राखिएको छ ।
दशकौँसम्म मोटर न्यूरोन रोगका कारण पक्षघातको पीडा भोगेका भौतिकशास्त्री हकिङ्गसको गत मार्च महिनामा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँको अस्तु सेलाउने कार्यक्रममा झण्डै एक हजार व्यक्तिको उपस्थिति रहेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हकिङ्गसको अस्तु सेलाउने कार्यक्रममा बीबीसीको नाटकमा हकिङ्गसको भूमिका खेलेका नायक वेनेडिक्ट कमरब्याच र अन्तरिक्ष यात्री टिम पिकको पनि उपस्थिति थियो ।
अस्तु सेलाउने काम सकिएपछि भौतिकशास्त्री हकिङ्गसको शब्द तथा ग्रीक संगीतकार भानजेलिसको संगीतलाई स्पेनस्थित यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइएको छ ।
हकिङ्गसकी छोरी लुसीले समारोह शुरु गर्नुपूर्व दिएको प्रतिक्रियामा भन्नुभयो, ‘यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइने संगीतलाई अन्तरिक्षको ‘सवैभन्दा नजिकको ब्लाक होल १ ए ०६२०–००’ मा पुरयाइने कार्यक्रम छ ।
समारोहमा विश्वभरबाट मतदानमार्फत छनोट गरिएका एक हजार सर्वसाधारणसहितका पाहुनाहरू उपस्थित हुनेछन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार