लन्डन । नेपालको उच्च शिक्षामा नेपाली डायस्पोराको भूमिकाबारे क्यानडामा एक सम्मेलन हुने भएको छ । ग्लोवल पोलिसी फोरम फर नेपाल, ओटवास्थित नेपाली राजदूतावास, एनआरएनए क्यानडा, असोसिएसन अफ नेप्लिज इन द अमेरिकाज र क्यानडा फाउण्डेशन फर नेपालले संयुक्त रुपमा उक्त सम्मेलन गर्न लागेका हुन् ।
आगामी ७ जुलाई, २०१८ का दिन वाइक्लिफ कलेज, युनिभर्सिटी अफ टोरन्टोमा आयोजना हुने सम्मेलनमा क्यानडा, अमेरिका र युरोपका विज्ञहरुले नेपालको उच्च शिक्षामा डायस्पोराको भूमिकाबारे विभिन्न कार्यपत्र पेश गर्नेछन् ।
ग्लोवल पोलिसी फोरम फर नेपालका अनुसार सम्मेलनमा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल, क्यानडाका संघीय सांसद डा. गेङग टान, बेलायतस्थित लिडस विश्वविद्यालयका प्रा. सूर्य सुवेदी, युनिभर्सिटी अफ न्यू ब्रन्सवीका प्राध्यापक बासु शर्मा, क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक जित जोशी, युनिभर्सिटी अफ रेजइनाका प्राध्यापक द्रोण रसाइली, युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक शिव गौतम र युनिभर्सिटी अफ कनेक्टिकटका प्राध्यापक डा. विद्या रन्जितले मन्तव्य दिनेछन्।
ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा. सूर्य सुवेदीले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि डायष्पोरामा रहेका नेपाली विज्ञहरुले अनुसन्धान, व्यवस्थापन, पाठ्यक्रम विकास र दूर शिक्षामा कसरी सहयोग गर्न सक्छन् भन्ने सम्वन्धमा सम्मेलनमा छलफल हुने बताए । उक्त सम्मेलनको आयोजक कमिटीमा डा. अम्बिकाप्रसाद अधिकारी, डा. तुलसी धरेल, डा. गोविन्द दाहाल, नवराज गुरुङ र गोपीकृष्ण काफ्ले छन् ।
यसअघि ग्लोवल पोलिसी फोरम फर नेपालले काठमाडौं तथा ब्रिटेनको लिभरपुलमा पनि अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरेको थियो ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक